
तिलोत्तमा,माघ १६।लर्ड बुद्ध ज्ञानज्योति इँग्लिश बोर्डिङ्ग स्कूल तिलोत्तमा १४ टिकुलिगढ रुपन्देहीद्धारा आयोजित साताब्यापी खेल सप्ताहमा मँगलबार पनि विभिन्न खेलहरुको आयोजना गरिएको छ । खेल सप्ताहकोे लेस्रो दिन मँगलबार भलिबल सँगै स्लो साइकल रेस, टेबल टेनिस, म्युजिकल चेयर, क्वाइन पिकिँग, एक खुट्टे दौड लगायतका विभिन्न विधागत खेलहरुमा विद्धार्थीहरुले उत्साहजनक ढँगले सहभागिता जनाएको खेल सँयोजक रोशन शर्माले जानकारी दिनुभयो ।
वहाँले विद्यार्थीहरुको क्षमता वृद्धि तथा प्रतिभा प्रस्फुटनका लागी आयोजित खेल सप्ताह बास्तव मै उत्कृट तथा अनुसासित ढँगले सन्चालन भैरहेको जानकारी दिनुभयो । खेलकुद मार्फत विद्यार्थीको प्रतिभा छनोट गर्ने उद्देश्यसहित लर्ड बुद्ध ज्ञानज्योतिले अन्तर सदनात्मक तथा कक्षागत रूपमा सप्ताहब्यापी खेलकुद प्रतियोगिताको आयोजना गरेको प्रध्यानाध्यापक तुल बहादुर सरागँकोटी पवनले जानकारी दिनुभयो ।
\एक हप्तासम्म चल्ने प्रतियोगितामा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले कुल ७०० मेडलका लागी ६० तहगत विधामा प्रतिस्प्रर्धा गरिरहेका छन । सम्पुर्ण युवा क्लवको खेल मैदान सुपौली तथा विद्यालयको आफ्नै हाताभित्र आयोजित खेल सप्ताहमा विद्यार्थीहरुले कराँते, भलिबल, फुटवल, रिले दौड, सटपट, हाइजम्प, लङजम्प, टेबलटेनिस, ब्याटमिन्टन, ज्यावलिङ थ्रो, कुर्चिदौड, साइकिल दौड लगायत विभिन्न खेलहरुमा प्रतिस्प्रर्धा गरिरहेको विद्यालयका प्रबन्ध निर्देशक नारायण भण्डारीले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस्