लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सिद्धार्थनगर नगरपालिकाले गर्यो,मानवसेवा आश्रमलाई २१ लाख रुपैयाँ बराबरको योजना सहयोग गर्ने प्रतिबद्धता

IMG

तिलोत्तमा,माघ १२।तिलोत्तमा नगरपालिकाको मणिग्राममा संचालित महायज्ञको अवसर पारेर सिद्धार्थनगर नगरपालिकाले मानव सेवा आश्रमलाई २१ लाख रुपैयाँ बराबरको योजना सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ । शनिवार एक कार्यक्रमका बिच नगरप्रमुख ईस्तियाक अहमद खान र नगर उपप्रमुख उमा अधिकारीले संयुक्त रुपमा सो रकम बराबरको योजना सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका हुन्। रकम हस्तान्तरण गर्ने उल्लेख गर्दै सहयोगापेक्षी मानव मुक्त सडक घोषणा गर्न मानव सेवा आश्रमले सहयोग गरेको र दिनदु:खिको सेवामा लागेको भन्दै महायज्ञको अवसर पारेर सो रकम दिने प्रतिबद्धता ब्यक्त गरे ।  


अहिले तिलोत्तमा-६ स्थित मोक्षधाम भएको स्थानमा रहेको आश्रममा देशभरका मानिस आश्रय लिएर बस्दै आएका छन् । उनीहरुको पालन पोषण र लत्ताकपडा, स्वास्थ्य उपचार र ब्यबस्थापन सम्मको ब्यवस्था सहयोगीबाट जुटाएर आश्रमले गर्दै आएको छ । आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले नगरपालिकाले दिएको प्रतिबद्धतालाई आत्मासात गर्दै सहयोगका लागि धन्यवाद ब्यक्त गरे । सो अवसरमा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जागेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, वडा अध्यक्षहरुसंगै प्रमुख बाचक कमलनयनाचार्य गुरु, हास्य कलाकार मनोज गजुरेल, मानवसेवा रुपन्देहीका अध्यक्ष लोकनाथ भुसालको उपस्थिति रहेको थियो। 

कमेन्ट गर्नुहोस्