लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दारी ग्याङको आयोजनामा शनिबार अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता

IMG

तिलोत्तमा,माघ ११। दारी ग्याङ रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहकार्यमा शनिबार वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । ‘गालामा दारी काधमा जिम्मेवारी’ भन्ने मूल नारा बोकेर निरन्तर रूपमा विभिन्न सामाजिक काम गर्दै आएको दारी ग्याङ रुपन्देहीले  रुपन्देही जिल्ला भित्र रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरु बीच वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने भएको हो । 


बुटवल-११ नविन औद्योगिक कदर बहादुर रिता मावि आयोजना हुने प्रतियोगितामा हालसम्म २० वटा विद्यालयले सहभागिता जनाउने प्रतिवद्धता जनाएको कार्यक्रम संयोजक गोकुल पाण्डेले जानकारी दिए । ‘सामाजिक सञ्जालले व्यक्तिगत जीवनमा पारेको प्रभाव’ शीर्षकमा हुने प्रतियोगिताको विजेताले नगद २० हजार, द्वितीयले १५ हजा। तृतीयले १० हजार तथा सान्त्वना हुनेले ५ हजार पुरस्कार राशी प्राप्त गर्ने पाण्डेले जानकारी दिए ।वक्तृत्वकला प्रतियोगिता कुनै साधारण प्रतिस्पर्धा मात्र नभई, व्यक्तित्व विकास, विचारको अभिव्यक्ति र नेतृत्व क्षमता निमर्माणको महत्वपूर्ण माध्यम भएको दारी ग्याङ रुपन्देहीका अध्यक्ष भरत पौडेलले बताए । प्रतियोगितामा विद्याथीहरूलाई आफ्नो दृष्टिकोण प्रस्तुत गर्न, समाजका विविध मुद्दाहरूमा सचेत हुन र तार्किक विश्लेषण तथा तर्क गर्न सक्षम बनाउने उद्देश्य राखिएको उनले उल्लेख गरे ।


सहभागी विद्यार्थीहरूले आफ्नो विचार खुला र निर्भीकतापूर्वक प्रस्तुत गर्दै वाककलाको क्षमतालाई सामाजिक सञ्जालको प्रयोगबाट हुने सकारात्मक र नकारात्मक असर, फाइदा र बेफाइदाको बारेमा जानकारी दिदै सहभागी विद्याथीहरुको अन्तरनिहित क्षमताको विकास गराउनु प्रमुख उद्देश्य दारी ग्याङ नेपालका संस्थापक केन्द्रीय सदस्य प्रदिप गैरेले जानकारी दिए । प्रतियोगितामा कक्षा ६ देखि १२ सम्मका छात्र तथा छात्राहरुले प्रतिस्पर्धा गर्ने छन् । 

कमेन्ट गर्नुहोस्