लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तराई मधेशमा शीतलहर चल्याे : महाशाखा

IMG

तिलोत्तमा,माघ ११।जल तथा मौसम विज्ञान विभागले तराई मधेशका जिल्लामा शीतलहर चलेको घोषणा गरेको छ । विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले यस वर्षको शीतलहरसम्बन्धी पहिलो बुलेटिन जारी गर्दै मधेश प्रदेशको पूर्वी भूभाग तथा कोशी प्रदेशको तराई भूभागमा मन्द शीतलहर चलेको जानकारी गराएको हो ।महाशाखाका अनुसार सप्तरी, झापा, मोरङ र सुनसरीमा शीतलहर चलिरहेको छ ।


महाशाखाले तराई मधेशमा चलेको शीतलहर पर्सि आइतवारसम्म रहने सम्भावना रहेको पनि बताएको छ। मधेश प्रदेशको पश्चिमी भूभाग तथा बाँकी प्रदेशको तराई भूभागमा भने बिहान हुस्सु कुहिरो लागे पनि दिउँसोपछि खुल्दै जाने महाशाखाले जनाएको छ ।पानी परेजस्तै आकाशबाट लगातार तपतप चुहिने शीतलाई शीतलहर भनिन्छ। जाडोयाममा तराई मधेशमा शीतलहरका घटना बारम्बार हुने गरेको छ । शीतलहरबाट प्रभावित हुने ठाउँमा बसोवास गर्ने समुदायका मानिसले शीतलहरको समयमा आफ्ना परिवारको विशेष ख्याल राख्न आवश्यक छ ।


यस समयमा सकेसम्म घरबाहिर निस्किन उचित नहुने विज्ञको सुझाव छ। न्यानो लुगा लगाउने, तातोपानी र खानेकुरा सेवन गर्ने तथा वृद्ध र बालबालिकाप्रति विशेष ध्यान दिने गर्नुपर्छ ।शीतलहर घोषणा भएका भन्दा बाहेकका जिल्लामा पनि चिसोले जनजीवन प्रभावित भएको छ । महाशाखाले आजै बिहान साढे ९ बजे शीतलहर विशेष बुलेटिन निकालेर कोशी, मधेश र लुम्बिनी प्रदेशअन्तर्गतका तराई मधेश क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको थियो ।

कमेन्ट गर्नुहोस्