
तिलोत्तमा,पौष २८।प्याब्सन रुपन्देहीको २१औ साधारण सभा तथा १६औं अधिवेशनबाट दिपक खनाल निर्वाचित भएका छन् । अन्य पदमा सर्वसम्मत भएपनि अध्यक्ष र कोषाध्यक्षमा भने निर्वाचन भएको थियो । अध्यक्ष पदमा दिपक खनाल र एक नारायण काफ्ले बिच प्रतिष्प्रर्धा भएको थियो ।
खनालले ९७ मत ल्याउँदै बिजयी भए भने काफ्लेको ५४ मत आएको प्यावसन रुपन्देहीका पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य लेखनाथ पौडेलले जानकारी दिए । यस्तै कोषाध्यक्ष पदमा भएको निर्वाचनमा आफ्ना प्रतिद्धन्दी केएन सागर ज्ञवालीलाई पराजित गर्दै कपिलमणि ढकाल निर्वाचित भए । ढकालले १०५ मत ल्याउँदा ज्ञवालीको ५१मत आएको निर्वाचन समिति सदस्य पौडेलले जानकारी दिए ।प्याव्सन कार्यालय तिलोत्तमामा बिहिबार भएको अधिवेशनमा वरिष्ठ उपाध्यक्षमा कुलराज शर्मा , उपाध्यक्षमा भोजराज पौडेल , सचिवमा बोधराज गौडेल, बाबुराम पौडेल सह–कोषाध्यक्षमा र गोकुल पोखरेल सह– सचिव पदमा सर्वसम्मत बिजयी भएका थिए ।
सदस्यहरुमा बसन्त पाण्डे , राज कुमार गुरुङ्ग , शंकर प्रसाद गट्टराई, प्रतिष्ठा चालिसे, उमापति न्यौपाने , यमन गण्डारी , नर बहादूर क्षेत्री, ेखनाथ गैरे, चन्द्रिका चाइ, विशाल चौधरी, सुरेन्द्र सुवेदी ,नन्दलाल चौहान र दिर्घपाल गोसाइ आरक्षित पालिका सदस्यमा निर्वाचित भएको निर्वाचन समिति सदस्य पौडेलले जानकारी दिए ।१६२ मतदाता रहेको प्याव्सन रुपन्देहीमा भएको मतदानमा १५७ मत खसेको थियो ।
कमेन्ट गर्नुहोस्