लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मुख स्वास्थ्य सचेतना जगाउने होर्डिङ बोर्ड

IMG

तिलोत्तमा,पौष २२ गते।मुख स्वास्थ्यबारे सचेतना जगाउने उदेश्यका साथ बुटवलको कालिकानगरस्थित सडकको डिभाइडरमा होर्डिङ बोर्ड राखिएको छ । मुख स्वास्थ्य अभियन्ता अमृत भुसालले आफनो जन्मदिनको अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत रोटरी क्लब अफ लुम्बिनी स्टारद्वारा दाँत, मुख तथा गिजा रोगसम्बन्धी जनचेतना जगाउने सचेतनामूलक बोर्ड राखिएको हो ।


एक कार्यक्रमका बिच क्लबका च्याटर प्रेसीडेन्ट यादव भण्डारीले औपचारिक उद्घाटन गर्दै यस क्षेत्रमा नया र उदाहरणिय काम क्लबबाट भएको बताए । रोटरी क्लब अफ लुम्बिनी स्टारले आधुनिक समाज डेन्टल, बुटवलसँग सहकार्यमा अघिल्लो वर्ष १ लाख विद्यार्थीलाई निःशुल्क मुख स्वास्थ्य शिक्षा तथा परीक्षण कार्यक्रम सम्पन्न गरेको इलेक्ट प्रेसीडेन्ट विमल ढकालले बताए । यस वर्ष पनि क्लबबाट निःशुल्क मुख क्यान्सर परीक्षण कार्यक्रम चलाउदै आएको छ ।


मुख स्वास्थ्य अभियन्ता अमृत भुसालले समुदायमा दाँत तथा मुख स्वास्थ्यप्रति जनचेतना अभिवृद्धिको कार्यक्रमलाई निरन्तर सहयोग गर्दै आएको बताए । रोगको शीघ्र पहिचान गरी समयमै उपचार गराउन मद्यत मिल्ने गरि आफु आगामी दिनमा समेत सहयोग गर्ने प्रतिवद्धता जनाए ।


कमेन्ट गर्नुहोस्