लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देशभरका रोट्रयाक्टर पौष १९ र २० गते बुटवलमा

IMG

तिलोत्तमा,पौष १७ गते।रोट्रयाक्टर डिष्टिक ३२५ नेपाल भुटान अन्र्तगतका क्वलहरुको सहभागीतामा बुटवलमा डिष्ट्रिक कन्फेन्स हुने भएको छ ।  रोट्याक डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको यहि पुस १९ र २० गते बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सम्पन्न हुन गइरहेको १७ औ रास्ट्रिय सम्मेलनको आयोवना ुहन लागेको हो । 


रोट्याक डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको वर्ष २०२४/२५ को लागि रास्ट्रिय अध्यक्ष अर्थात डिआररको रुपमा रोट्याक्टर विक्रम क्षेत्रिले सम्मेलनको सबै तयारी पुरा भएको जानकारी दिए ।सम्मेलनमा देशभरबाट १ हजार जना भन्दा बढि रोट्रयाक्टरका सदस्य तथा अभियान्ताहरुको सहभागीता हुने छ । सम्मेलनमा ३ वटा प्यानल डिष्कसनको कार्यक्रम समेत राखिएको डिष्ट्रिक  मिडिया संयोजक आविस्कार खनालले जानकारी दिए । उनका अनुसार  सम्मेलनमा चन्द्र भण्डारी, ज्ञानेन्द्र शाही, ठाकुर गैरे सहितका राजनीतिज्ञहरुको सहभागीता हुने छ ।


यस्तै आधात्मीक शेसन र विजनेश सेन गरी अन्य थप २ वटा सेसन समेत आयोजना गरिएको हो ।  सम्मेलनमा सहभागीहरुको लागि बुटवल  लगायत विभिन्न स्थानको भ्रमण सहितको कार्यक्रम समेत तय गरिएको छ । सहभागीहरुले रजिष्टेसन बापत संकलन गरिएको रकम र केही स्थानीय तहको सहयोगमा देशकै ठुलो सम्मेलन आयोजना हुन गैरेहको हो ।  रोट्याक्ट क्लव अफ बुटवल साउथ सह आयोजकको रुपमा रहेको जानकारी दिदै साउथका अध्यक्ष सुदिप पौडेलले  तयारी  पुरा भएको जानकारी दिए । देशभरबाट आउने पाहुनाहरुको लागि बस्नको लागि बुटवलका होटल व्यवसायीहरुसंग सहकार्य गरी केही छुटमा राख्ने गरी काम गरिएको जानकारी  उनले  दिए ।


कमेन्ट गर्नुहोस्