
तिलोत्तमा,पौष १७ गते २०८१। अर्घाखाँचीमा १२ वर्षीया बालिकाको विवाह गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको भूमिकास्थान नगरपालिका-९ का सकुन्तला र सन्धिखर्क नगरपालिका-८ का मुमाराम वि.क. रहेको छन् । सकुन्तलाले बालिकालाई कामको प्रलोभनमा पारी उनलाई घरमा बोलाएर मुमारामको जिम्मामा दिएको र त्यसपछि मुमारामले बालिकालाई सिन्दुर पहिराएर घर भित्र्याएको घटनाको खुलासा भएको हो।
बालिकाको अंकलले उक्त घटना सम्बन्धी प्रहरीमा जाहेरी दिएका थिए।प्रहरीले घटनाको जानकारी पाएपछि मुमारामलाई नियन्त्रणमा लिएको छ र अदालतबाट म्याद थप गरेर अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विष्णुप्रसाद पौडेल जानकारी दिएका छ्न।
कमेन्ट गर्नुहोस्