लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राष्ट्रिय पोशाकप्रति युवाहरुमा मोह बढ्दै

IMG

तिलोत्तमा,पौष १७ गते २०८१। जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।सबै पोशाकको सम्मानः ‘नेपाली टोपीःहाम्रो पहिचान’ भन्ने नाराका साथ युवा अभियान नेपालले बुधबार काठमाण्डौँमा राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको हो । पछिल्लो समय युवा पुस्तामा राष्ट्रिय पोशाक दौरासुरुवाल र टोपी लगाउने मोह बढ्दै गएको युवा अभियान नेपालले जनाएको छ ।


राष्ट्रिय पोशाक र टोपीले नेपालको मौलिकता झल्काउँने भएकाले अन्य दिन नलगाए पनि, जनवरी १ तारिखका दिन राष्ट्रिय पोशाक दिवसका अवसरमा राष्ट्रिय पोशाक लगाउन युवा अभियान नेपालले आवहन समेत गरेको छ ।नेपाली पहिचानका रुपमा रहेको दौरासुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न वि.सं २०७० सालदेखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन सुरु गरिएको हो।

कमेन्ट गर्नुहोस्