लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लागूऔषधसहित परासीबाट दुई जना पक्राउ

IMG

तिलोत्तमा,पौष १५ गते।पश्चिम नवलपरासीको सुनवलबाट लागूऔषधसहित दुई जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनवल नगरपालिका-२ बस्ने २० वर्षका भुवननाथ कुर्मी र १५ वर्षका एक बालक रहेका छन् ।उनिहरूलाई सुनवल नगरपालिका-२ स्थित भित्री सडकमा चेक जाँच गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट नाइट्रोभेट-५ हजार ३ सय १० ट्याब्लेट, फेनारगन १ सय ८९ एम्पुल, डाइजेपाम १ सय ९० एम्पुल , ब्रुपोनोरफिन १ सय ९० एम्पुल र स्पास्मो २ सय ५६ क्याप्सुल बरामद भएको छ ।पक्राउ परेकालाई जिल्ला अदालत परासीबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्