लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रम्भादेवी टोल विकास सस्थाको अधिवेशनबाट मल्लको नेतृत्वमा नयाँ समिती गठन

IMG

तिलोत्तमा,पौष १४ गते।तिलोत्तमा वडा नं तीन मा रहेको रम्भादेवी टोल विकास सस्थाको आज सम्पन्न भएको छ ।छैठौं साधारणसभा तथा तेस्रो अधिवेशनवाट दुर्गा बहादुर मल्ल को अध्यक्षतामा नयाँ समिती गठन भएको छ ।नव निर्वाचित समितिको उपाध्यक्षमा सोम बहादुर पचभैया , सचिवमा सुरेश शर्मा , कोषाध्यक्ष मा मिना भाट तथा सह सचिब मा माधब प्रसाद न्यौपाने चयन हुनुभएको छ। साथै सदस्यहरुमा नन्दलाल खनाल राजु, सावित्रा भण्डारी भुसाल,अर्जुन प्रसाद भण्डारी ,धन वहादुर शाहि ,शोभा खत्री , बशन्ती खत्री, फुल कुमारी खड्का ९सरिता०, तिल कुमारी भुसाल रहनु भएको छ।


टोल बिकस संस्थाका अध्यक्ष राम प्रसाद पन्थी को अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष द्वारा प्रगति प्रतिबेदन र कोषाध्यक्ष मिना भाटले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम मा तिलोत्तमा वडा नं तीन का अध्यक्ष कल्याण प्रसाद पौडेल ले टोल बिकास सस्था वडाको सानो रुप भएकोले टोल बिकास सस्थामा बिकास प्रेमी ब्यक्ति आउनु पर्ने , आफ्नो टोलको बिकास निर्माण लगायतका काममा खटिनुपर्ने भएका कारण नव गठित समितिले सोही बमोजिम काम गर्नुपर्नेमा जोड दिनुभएको थियो।


सो अबसरमा नगर संजाल का उपाध्यक्ष टोपलाल भुसाल,टोल विकास संजाल तिलोत्तमा वडा नं तीन का अध्यक्ष राजु प्रसाद उपाध्याय सामाजिक व्यक्ति ऋषि घिमिरे , मानध्वज गिरी, भगवती फुल्लेल लगायतले बोल्नुभएको थियो।तिलोत्तमा वडा नं तीन को सभाहलमा आयोजित कार्यक्रमको संचालन संस्थाका सचिव सुरेश शर्माले गर्नुभएको थियो।

वडा नं तीनमा रहेका बाह्र वटा टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि तथा रम्भादेवी टोलविकास संस्थाका करिब ६० जनाको सो अबसरमा सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्