
तिलोत्तमा,पौष १४ गते।जागृति टोल बिकास सस्था तिलोत्तमा -२ को पाचौ साधारण सभा तथा तेस्रो अधिबेसन सम्पन्न गरिएको छ| सस्थाका अध्यक्ष क्या नर ब कार्किको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाण, बिशिस्ट अतिथि उप प्रमुख जगेस्वर देबि चौधरी लगायत बिभिन्न क्षेत्रका अतिथिहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि राम कृष्ण खाड लगायत सम्पुर्ण अतिथि बक्ताहरुले जागृति टोल र यस्ले गरेका कार्यहरुको बारेमा खुलेरै मुक्तकण्ठले प्रशम्सा गर्दै अन्य सस्थाहरुले पनि जागृति टोल बाट धेरै कुरा सिक्नुपर्ने बताउनुभएको थियो| यस महत्वपूर्ण कार्यक्रममा जागृति टोललाइ सफल र सबल बनाउन सहयोग गर्ने बिभिन्न बिधा र संघसस्थाका ब्यक्तिहरु, खेलकुद , सरसफाइ, उत्कृष्ट बिद्यार्थी, सुरक्षा निकाय, विशेष क्षमता भएका अपाङ्गता भएका ब्यक्ति, अन्य क्षेत्रबाट बसाइ सरेर आउने लगायतलाइ सम्मान गरिएको उक्त कार्यक्रममा बृद्धबृद्धाहरुलाइ दोसल्ला ओढाएर बिशेस सम्मान गरिएको थियो।
कार्यक्रमका अध्यक्ष क्या. नर ब कार्किले उपस्थित र सहयोगी सबैलाई बिशेष धन्यवाद दिदै आफ्नो कार्यकालमा गरेका महत्वपुर्ण कामको बारेमा जानकारि गराएका थिए। संस्थाको नया कार्यसमिति डोर ब पुन अध्यक्षतामा गठित १७ सदस्सिय नया कार्यसमितिलाइ सफलताको शुभकामना सहित बधाइ दिदै उनले सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए। नया समिति गठन प्रकृयामा निर्वाचन समिति संयोजक माधव भुसाल लगायतको टिमले सहजीकरण गरेका थिए भने कार्यक्रम सम्पन गर्नको लागि स्थान पुर्णेस्वरि स्कुलकि संचालिका गङ्गा थापाले स्थान उपलब्ध गराएकी थिईन । कार्यक्रममा सस्थाका उपाध्यक्ष हिमलाल बस्यालले स्वागत मन्तब्य राख्नु भएको थियो भने संचालन सचिब इन्द्रमनि अर्यालले गर्नुभएको थियो!नया गठित कार्य समितिको अध्यक्षमा डोर ब. पुन,उपाध्यक्ष बिर ब. पुन,सचिव इन्द्रमणि अर्याल,सह सचिब सोभाखर पाण्डे,कोशाध्यक्ष लक्ष्मी गौतम र लेखा सम्योजकमा हिमलाल बस्याल लगायत १७ सदस्यीय कार्यसमिति चयन गरेको छ।
कमेन्ट गर्नुहोस्