
गुल्मी, ११ पुस । गुल्मीमा स्कुटर दुर्घटनामापरि दुइ जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ७ अन्तरगत सिस्ने खोलामा आज बेलुका लु १६ प १६४४ नम्बरको स्कुटर दुर्घटनामा परेको हो ।दुर्घटनामापरि गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका –६ चापकोट निवासी ३० वर्षीय बिनोद बिक र सोही ठाउँका ४० वर्षीय किरण कुमार थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोख्रेलले जानकारी दिएका छन ।
दुर्घटनामा परेका दुबै जनालाई प्राथमिक स्वास्थ्य केन्द्र जोहाङ् खैरेनीमा लागिएपछि मृत घोषणा गरिसकेको थियो ।रिडी–मजुवा सडक अन्तरगत सिस्नेमा दुर्घटना भएको उक्त स्कुटर अनियन्त्रित भई सडकबाट २५० मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरीको टोली घटनास्थलमा पुग्दा स्कुटरमा सबार दुवै जना बेहोस अवस्थामा रहेको बताईएको छ ।
कमेन्ट गर्नुहोस्