लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भुसाल सम्पर्क समाज रुपन्देहीको अध्यक्षमा रामचन्द्र

IMG

बाझकटेरी(मदाने) भुसाल सम्पर्क समाज रुपन्देहीको वार्षिक साधारण सभा तथा अधिवेशनवाट पुनः रामचन्द्र भुसालको अध्यक्षतामा नयां नेतृत्व सर्वसमतीमा चयन भएको छ ।

समाजको उपाध्यक्षमा कमल प्रकाश भुसाल, सचिवमा बावुराम भुसाल कोषाध्यक्षमा पुस्कर भुसाल र सह सचिवमा सरस्बती भुसाल चयन हुनु भएको छ ।त्यस्तै समाजको सदस्यमा विमला केसी भुसाल, दिनेश भुसाल ,मीरा भुसाल ,विवेक भुसाल रामचन्द्र भुसाल चयन हुनु भएको निर्वाचन समितीका संयोजक यमलाल भुसालले बताउनुभयो ।


समाजको लेखा समिती संयोजकमा तुल्सी प्रसाद भुसाल र सदस्यमा विष्णु शंकर भुसाल र सुरज भुसाल चयन हुनु भएको छ । त्यस अघि साधारणसभाको उद्घाटन समारोहमा वोल्दै समाजका संस्थापक अध्यक्ष हिमालय भुसालले संस्थालाई जन्म दिदा जुन उद्देश्य  र लक्ष्य लिईएको थियो सोहीअनुुसार संस्था अगाडी बढेको र समाजले  रुपन्देहीमा रहेका मदानेमा जन्म भै कर्मथलोको रुपमा कार्य गदै गरेकाहरुको कामको सराहना गर्नुभयो । उहाँले भुसालहरुले नेपाल सरकारको निजामतीका क्षेत्रमा गरेको योगदानवाट प्राप्त उपलब्धीलाई जन्म स्थानमा केहीभएपनि लगाउन आह्वान गर्नु भयो । रामचन्द्र भुसालको अध्यक्षतामा भएको कार्यक्रममा समाजका सल्लाहकार ज्ञान कुमारी भुसाल, भक्तिराम भुसाल, समाज सेवी महेन्द्र भुसाल कमल प्रकाश भुसाल,अर्जुन भुसाल,हिमाल भुसाल , बावुराम भुसाल लगायतले समाजले गरेका उल्लेखनीय कार्य समाजको महत्व बढदै गएको धारणा राख्नु भएको थियो ।


कमेन्ट गर्नुहोस्