लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सहकारी अभियानको बर्तमान अवस्था र संभावनाबारे अन्तरक्रिया सम्पन्न

IMG

तिलोत्तमा,पौष ७ गते।सबैको बचत तथा ऋण सहकारी संस्था लि. मा आज सहकारी अभियानको बर्तमान अवस्था र यसको संभावनाका बारेमा अन्तर्कृया कार्यक्रम सम्पन्न भयो । नेपाल सरकार सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका सञ्चालक, सल्लाहकार, लेखा सुपरिवेक्षण समिति तथा विभिन्न उपसमितिका पदाधिकारी सहभागीता रहेको थियो। कार्यक्रममा रजिष्ट्रार घिमिरेले सहकारी ऐनको कार्यान्वयन र परिपालनामा देखिएका कमि कमजोरीका कारण सहकारीमा शंका र संकट आएको बताउनु भयो ।


समुदायमा आधारित सदस्य केन्द्रित कारोवार भएका संस्थामा समस्या नदेखिएको भए पनि सञ्चालकहरु अझै जिम्मेवार, अनुशासित र इमान्दार रहनु पर्ने बताउनु भयो । सञ्चालकहरुको इमान्दारितामा नै संस्थाको भाग्य र भविष्य बलियो हुने बताउदै यस कार्यमा सबैको सहकारी अझै खरो उत्रन सकोस भन्ने भनाइ राख्नु भयो । विशिष्ट अतिथि नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी शापकोटाले सबैको साकोसले ऐतिहासिक एकीकरण सम्पन्न गरि ३ बर्षको यस अवधिमा संस्थाको आन्तरिक ब्यवस्थापनको धेरै कार्य सम्पन्न गरेको आफुले जानकारी पाएको बताउनु भयो  ।


संस्थाको शुरुवाती चरणमा रणनैतिक योजना निर्माण तथा सञ्चालकहरुको क्षमता अभिबृद्धि कार्यक्रममा समेत आफु सहभागि भएको स्मरण गर्दै यो संस्थाको ध्येय ब्यवस्थित सहकारी स्तरीय सेवा अनुसार संस्था ब्यवस्थीत भएको आफुले पाएको बताउनु भयो ।संस्थाका अध्यक्ष भरतराज भूसालले स्वागत मन्तब्य सहित संस्थाको एकीकरण देखि हाल सम्मको प्रगति र संस्थाको भावि योजनाका बारेमा प्रस्तुत गर्नु भएको थियो । अन्तकृया कार्यक्रममा संस्थाका सल्लाहकार तथा प्रोस्कुन लुम्बिनीका अध्यक्ष कृष्ण प्रसाद नेपाल, सल्लाहकार प्रकाश भट्टराई, सल्लाहकार नेत्र पाठक लगायतले विभिन्न जिज्ञासा राख्नु भएको थियो । कार्यक्रम संस्थाका सचिव देवानन्द पाण्डेयले सञ्चालन गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्