लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

इंग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदै

IMG

तिलोत्तमा,पौष ७ गते २०८१। इंग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदैछन् । बेलुका पौने ८ बजे एभर्टन र चेल्सी खेल्दैछन् । चेल्सी ३४ अङ्कसहित दोस्रो स्थानमा र एभर्टन १५ अङ्कसहित १६ औँ स्थानमा छ ।पौने ८ बजे नै म्यानचेस्टर युनाइटेड र बर्नमाउथले खेल्दैछन् ।


बर्नमाउथ २५ अङ्कसहित आठौँ स्थानमा छ भने युनाइटेड २२ अङ्कसहित १३ औँ स्थानमा छ ।फुलहम र साउथह्याम्टन  तथा लेस्टर सिटी र उल्भ्सको खेल पनि पौने ८ बजे नै हुनेछ ।  यस्तै राति सवा १० बजे टोटनहम र लिभरपुलले खेल्नेछन्  ।लिभरपुल ३६ अङ्कसहित शीर्ष स्थानमा छ भने २३ अङ्क भएको टोटनहम ११ औँ स्थानमा छ। 

कमेन्ट गर्नुहोस्