लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जनउत्थान सहकारीको बार्षिक उत्सव २०८१ सम्पन्न

IMG

तिलोत्तमा,पौष ६ गते।जनउत्थान वचत तथा ऋण सहकारी संस्था लि. को १९ औं बार्षिक उत्सव २०८१ संस्थाको १० वटै सेवा केन्द्रहरुमा एकैसाथ सम्पन्न भएको छ । कार्यक्रमममा बुटवल ११ देविनगर का होम बहादुर छन्तयाललाई १० लाख रुपैया र तिलोत्तमा १७ पिप्रैयाका सीतादेवी थारु, ओम सतिया १ कटैयाको माधुरी चौधरीको परिवारलाई ५/५ लाख रुपैया ऋण बीमा अन्तरगतको रकम हस्तान्तरण गरियो । यसको साथै संस्थाको वाषिर्क बजेटमा उल्लेखित विविध सामाजिक कृयाकलाप तथा सदस्य सेवा कार्यक्रमहरु अन्तरगत ८३० जना ७० वर्षकटेका जेष्ठ शेयर सदस्यहरुलाई एक किलो मह, सल र कपबाट सम्मान, ८० जना प्लस टु र ब्याचलर पढ्ने विद्यार्थीहरुलाई ५/५ हजारको दरले जनउत्थान छात्रवृत्ती वितरण र ३० जना बाख्रापालकहरुलाई २०/२० हजार रुपैया २ वर्षो लागि निर्ब्याज ऋण सहयोग पनि वितरण गरिएको छ । 


सहकारीका सबै सेवा केन्द्रहरुमा ३/३ जना गरि जम्मा ३० जना अधिक्तम संरक्षित पुजीकोष प्राप्त गर्ने शेयर सदस्यहरुलाई विशेष पुरस्कारको व्यवस्था गरिएको थियो । साथै सबै सेवा केन्द्रका २३ वटा टोल विकास संस्था तथा आमा समूहहरुलाई ५/५ हजार गरि १ लाख १५ हजार र  ८-१२ वटा सम्म कुर्चीहरुको व्यवस्था गरिएको थियो। विभिन्न विद्यालयहरुलाई सिलिङ फ्यान पनि वितरण गरिएको थियो । सहकारीले आफ्ना सदस्यहरुलाई सहकारी शिक्षा दिने उद्देश्यले सबै सेवा केन्द्रहरुमा सहकारी हाजिरी जवाफ प्रतियोगिता समेत गरेको थियो । कार्यक्रममा बाल खेल, म्हिला खेल, पति पत्नीहरुको दम्पति खेल खेलाइएको  थियो । त्यस्तै सबै सेवा केन्द्रहरुमा नि:शुल्क चिट्ठा कार्यक्रममा ४१ वटा राइस कुक्कर पुरस्कार राखी बितरण गरिएको थियो । 


कमेन्ट गर्नुहोस्