
तिलोत्तमा,पौष ५ गते।"तमु थात थलोको सरक्षण र सम्बर्धनका लागि मौलिक पहिचानको आहवान ,सरकारी कामकाजी भाषा तमु भाषा घोषणाका लागि तमुवानको आन्दोलन" भन्ने मुल नाराका साथ तमु ह्युल छाेँज धी गुरुङ राष्ट्रीय परिषदको आयोजनामा गुरुङ्हरुको आउदै गरेको मुप्री ल्हो गरुड बर्गको बिदाई सप्री ल्हो सर्प बर्गको स्वागतका साथ महान पर्व ल्होसार बारे पत्रकार सम्मेलन सम्पन्न भएको छ ।
प्रमुख अतिथी तमु ह्युल छाेँज धी गुरुङ राष्ट्रीय परिषदका केन्द्रीय सल्लाहकार तथा मातृभाषा अभियन्ता भिम गुरुङले सप्ताह ब्यापी रुपमा खेमन सिङ गुरुङ्को संयोजकत्वमा पत्रकार समेलन त्यसैगरी पौष ११ गते ८ बजे बिहान सहसचिव तेज प्रसाद गुरुङ्को संयोजकत्वमा सबै नगर इकाईमा सरसफाई कार्यक्रम , पौष १३ गते सान्झ ५.०० बजे उपाध्यक्ष गंगा गुरुङ्को संयोजकत्वमा जिल्ला भरी दिपावली कर्यक्रम,पौष १४ गते बिहान १०.०० बजे बृहत् झाकी सहितको शान्ती र्याली र इकाई स्तरिय नृत्य प्रतियोगिताका संयोजक दिलमाया गुरुङ र शेर बहादुर गुरुङ रहेको र पौष १५ गते बिहान ११.०० बजे देखि बृहत् ल्होसार सार्वजानिक समरोह जिल्ला समितिको प्राङ्गण रामनगरमा विभिन्न कार्यक्रमको आयोजना गरि सम्पन्न गरिने पत्रकारहरुलाई जानकारी गराएका थिए। विशेष अतिथी केन्द्रीय संरक्षक माया गुरुङ कार्यक्रम संयोजक खेमन् सिङ गुरुङ्को स्वागत मन्तव्य तथा तमु ह्युल छाेँज धी का अध्यक्ष बिमला तमुको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सचिव आशा गुरुङ्ले गरेका थिए।
कमेन्ट गर्नुहोस्