लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पत्रकार महासंघको नवनिर्वाचित नेतृत्वलाई सम्मान

IMG

तिलोत्तमा, पौष ५ गते।नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले आफ्नो नेतृत्वको टीमले गलत गरेको छ भन्ने अनुभुति हुन नदिने दावी गरेका छन् । उनले आफूले मुखले एउटा र व्यवहारले अर्को काम नगर्ने स्पष्ट पारे । शुक्रबार प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियन रुपन्देही संयुक्त प्यानल निर्वाचन परिचालन समितिले बुटवलमा आयोजना गरेको बधाई तगा सम्मान कार्यक्रममा अध्यक्षले यस्तो बताएका हुन् ।उनले भने, ‘निर्वाचनमा उत्रिएपछि जीत–हार भन्दा पनि विजेता र उपविजेताको रुपमा लिनुपर्छ । ३ वर्षे कार्यकालका लागि जिम्मेवारी सम्हालेका छौं । कामको हिसाबले समान व्यवहार हुन्छ । जात, लिंग, वर्ण, भुगोलको आधारमा कुनै विभेद हुँदैन । ’ पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्षहरु, पत्रकार सम्बद्ध सम्पूर्ण संगठन, सामाजिक संघ–संस्था, मिडियाका सम्पादक लगायतसँग छलफल र सुझाव लिएर अघि बढ्ने उनको भनाइ छ ।


उनले भने, ‘तपाईहरु सबैको सहभागीताबाट महासंघको शिर अझै माथि उठ्छ । जे बोल्छु, त्यही गर्छु । पत्रकार महासंघलाई साझा संस्थाकै रुपमा अगाडि बढाउँछौं । पत्रकारको हकहितमा काम गर्ने संस्थालाई समेटेर अघि बढ्छौं ।’ त्यस्तै पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष डा. बालकृष्ण चापागाईले पत्रकार महासंघ पत्रकारहरुको मात्र नभइ परिवर्तनका लागि भएका आन्लोलनमा अग्रणी भूमिका निर्वाह गर्ने संस्था समेत भएको बताए।उनले ठूला संगठनले दम्भ र सानाले हिनताबोध गर्न नहुने बताए । उनले भने, ‘नवनिर्वाचित कार्यसमितिलाई सफल बनाउन सहयोग गर्छु ।’ पत्रकार महासंघका केन्द्रीय सदस्य तथा रुपन्देहीका निवर्तमान अध्यक्ष रामराज पोख्रेलले महासंघको संस्थागत विकास जरुरी रहेको बताए । उनले महासंघलाई समयसँगै अझ गतिशील बनाउनुपर्नेमा जोड दिए ।


पत्रकारिताको विकासका लागि एकजुट भइ अघि बढ्नुपर्ने उनको भनाइ छ । संयुक्त प्यानल निर्वाचन परिचालन समितिका संयोजक तथा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव प्रदीप आचार्यले पत्रकारलाई सक्रिय बनाउने काम महासंघको पनि भएको बताए । उनले महासंघका राम्रा काममा साथ र समर्थन रहने बताए ।प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले पत्रकारको हकहितमा अघि बढ्न नवनिर्वाचित टीमलाई आग्रह गरे । प्रेस युनियन रुपन्देहीका अध्यक्ष कबिन्द्र नेपालले निर्वाचन जिताउन प्रतिबद्ध भएर लागेको बताए । कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीको नवनिर्वाचित कार्यसमिति, यहाँबाट प्रदेश तथा केन्द्रीय समितिमा निर्वाचित पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्