लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

युसीएमएसमा प्रेसर कुकर बम, नेपाली सेनाद्वारा डिस्पोज

IMG

तिलोत्तमा, पौष ५ गते।रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज, शिक्षण अस्पताल (युसीएमएस) मा फेला परेको प्रेसर कुकर बमलाई नेपाली सेनाले डिस्पोज गरेको छ । अस्पतालको दक्षिण–पश्चिम पार्किङ क्षेत्रमा फेला परेको बम सेनाले डिस्पोज गराएको थियो ।युसीएमएसको पार्किङ क्षेत्रमा रहेका रुख कटान गर्ने क्रममा शुक्रबार बिहान करिब १०ः३० बजे बम फेला परेको थियो । प्रेसर कुकर बम जस्तो शंकास्पद वस्तु फेला परेकोे प्रहरी–प्रशासनलाई जानकारी गराइएको युसीएमएसका सूचना अधिकारी सुशील गुरुङले बताए । अस्पताल प्रशासनले घटनाबारे जानकारी गराएपछि घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पुगेको थियो ।


रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले अस्पताल परिसरमा फेला परेको बम द्वन्द्वकालमा राखिएको हुन सक्ने बताए ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले बम पुरानो र खिया लागेको अवस्थामा रहेको र नेपाली सेनाले बमलाई डिस्पोज गरेको जानकारी दिए । बमलाई भैरहवास्थित कालीभक्ति गण (ई) बाट आएको टोलीले करिब १ बजे डिस्पोज गरेको थियो ।प्रेस कुकरको ह्रयाण्डलाई डोरीले बाधेर त्यसमा घडी, ब्याट्री लगायतका उपकरण जडान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्