लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जनजागृति मावि योगीकुटीको ५२ औ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न

IMG

तिलोत्तमा,पौष १ गते।जनजागृति माध्यमिक विद्यालयको ति.न.पा –२, योगिकुटी रुपन्देहीको ५२ औ वार्षिकोत्सव तथा अभिभावक दिवसको समारोह सम्पन्न भएको छ। सोमबार एक विशेष समारोहका साथ विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष  प्रेम प्रसाद भुषालको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका माननिय मुख्य मन्त्री  श्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो। 


कार्यक्रममा विशिष्ट अतिथिका रुपमा लुम्बिनी प्रदेश महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयका पूर्व मन्त्री माननीय भगवती घिमिरे, तिलोत्तमा नगर उपप्रमुख जगेश्वर देवी चौधरी र अतिथिहरुमा तिलोत्तमा नगरपालिका वडा नं २ का अध्यक्ष डिल ब. भट्टराई, शिक्षा युवा तथा खेलकूद शाखा तिलोत्तमा नगरपालिका प्रमुख गंगाराम आचार्य, बुटवल उपमहानगरपालिका वडा नं १० का वडाध्यक्ष बल बहादुर पुन, तिलोत्तमा क्रियाशिल दलहरु नेपाली काँग्रेसका नगर सभापति हरिलाल पाण्डे, नेकपा एमालेका नगर अध्यक्ष मिन प्रसाद पोखरेल, नेकपा माओवादी केन्द्र बेल प्रसाद शर्मा, शैक्षिक व्यक्तित्व तथा कालिका क्याम्पस प्रमुख घनश्याम पाठक लगायत तिलोत्तमा अन्तर्गतका विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, विभिन्न शैक्षिक तथा सामाजिक व्यक्तित्वहरु, विद्यालयका संरक्षक, आजिवन सदस्यहरु तथा चन्दादाता लगायत उलेख्य अभिभावकहरुको उपस्थितिमा सो समारोह भव्यताका साथ सम्पन्न भएको थियो । 


समारोहमा विद्यालयको वार्षिक प्रतिवेदन प्रधानाध्यापक टंक प्रसाद पौडेलद्धारा प्रस्तुत गरिएको थियो । विभिन्न विधामा उत्कृटता हासिल गर्ने विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकूद र अक्षयकोष दाताहरु प्रदान छात्रवृत्ति वितरण गरिएको थियो र कार्यक्रमको समापन पश्चात ५२ वटा दिप प्रज्वलन गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन विद्यालयका सह–प्रधानाध्यापक खेमराज खनालले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्