
तिलोत्तमा,मङ्सिर २९ गते।रुपन्देहीको तिलोत्तमा ८ जनभावना माविमा एकैदिन मँगलबार २ कार्यक्रम सम्पन्न गरिएका छन । नेपाल युवा रेडक्रस सर्कल जनभावना माध्यामिक विद्यालयले विद्यालय हाताभित्र गरेको रक्तदान कार्यक्रममा उल्लेख्य सँख्यामा उपस्थित विद्यार्थी, शिक्षक तथा अभिभावक लगायत सरोकारवालाले रक्तदान गरेको विद्यालय परिवारले जनाएको छ ।
रक्तदान कार्यक्रममा जुनियर रेडक्रस सर्कलका अध्यक्ष सागर खनालको अध्यक्षता तथा विद्यालयका अध्यक्ष कृष्ण बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा विद्यालयका प्राचार्य शंम्भु प्रसाद पराजुली एवँ शिक्षक नायक रेनुका श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।यसैगरि मँगलबार नै जनभावना माविको आतिथ्य एवं सधै परिवर्तनका लागी पहिलो पाइला नेपाल तिलोत्तमा शाखाले महिला हिंसा न्युनिकरण तथा संभावित हिंसा विरुद्ध ३ दिने आत्मरक्षा तालिमको आयोजना गरेको छ । तालिममा विद्यालयमा अध्ययनरत छात्राहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस्