लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सिमेन्टको मूल्य घटाउने सहमति

IMG

तिलोत्तमा सिटी , २०८१ मंसिर २७ गते। सिमेन्टको मूल्य घटाउने सहमति भएको छ । निर्माण व्यवसायी महासङ्घ र सिमेन्ट उत्पादक सङ्घबिच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुधबार भएको छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले जानकारी दिनुभयो । 


काठमाडौँ उपत्यकामा ओपिसी सिमेन्ट प्रतिबोरा सात सय रुपियाँमा उपलब्ध गराउन सिमेन्ट व्यवसायीले प्रतिबद्धता गरेका छन् । यस्तै ओपिसी सिमेन्टको फ्याक्ट्री मूल्य बढीमा ५६० रुपियाँ कायम गर्ने सहमति भएको बताइएको छ ।   

कमेन्ट गर्नुहोस्