लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भन्सार छलीको गाडी र १४ लाख नगदसहित ३ जना पक्राउ

IMG

तिलोत्तमा, मङ्सिर २५ गते २०८१। भन्सार छलीको गाडी र १४ लाखभन्दा बढी नगदसहित तीन जना पक्राउ परेका छन् ।पक्राउ पनेहरूमा चिनियाँ नागरिक २४ वर्षीय सुइजुम्लुङ, अर्घाखाँचीको सन्दिखर्क नगरपालिका–१ घर भएका ४३ वर्षीय चिरञ्जीवी पौडेल र धनुषाको लोहोना घर भएका ३० वर्षीय बिक्की रन्जन जैसवाल छन् ।उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।


कीर्तिपुर नगरपालिका–१० बाट उनीहरूलाई पक्राउ गरिएको परिसरका एसपी नवराज अधिकारीले बताए ।उनीहरूबाट भन्सार छलीको किया कम्पनीको बा २४ च ३२९३ नम्बरको कार, १४ लाख ६० हजार नगद, डेल कम्पनीको ५ थान ल्यापटप, सामसुङ कम्पनीको ए१६ मोबाइल ७ थान, २३ थान घडी, २ वटा आइफोन बरामद भएको छ ।


कमेन्ट गर्नुहोस्