लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दोस्रो मुसिकोट महोत्सव हुने

IMG

तिलोत्तमा सिटी , २०८१ मंसिर २३ गते। गुल्मीमा दोस्रो मुसिकोट महोत्सव हुने भएको छ । गुल्मी मुसिकोट उद्योग वाणिज्य सङघको आयोजनामा पुस १२ गतेदेखि २१ गतेसम्म दोस्रो मुसिकोट कृषि, पर्यटन, खेलकुद, सांस्कृतिक एवम ब्यापार महोत्सव आयोजना गर्न लागिएको प्रचार प्रसार उपसमितिका संयोजक वसन्त अधिकारीले जानकारी दिनुभयो ।


गुल्मी मुसिकोट उद्योग वाणिज्य सङघले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सव गर्न लागिएको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा मुसिकोट उद्योग वाणिज्य सङघका अध्यक्ष गोपीकृष्ण खरेलले कृषि, पर्यटन,जलश्रोत, उद्योग र ब्यापार, मुसिकोटको समृद्धिको आधारलाई प्राथामिकता दिएर महोत्सव गर्न लागिएको बताउनुभयो । विशेषगरी स्थानीय स्तरमा उत्पादन भएका कृषि, पशुपंक्षीलाई प्रदर्शनी गर्ने, स्थानीय कला, संस्कृतिको जगेर्ना गर्नेगरी महोत्सव गर्न लागिएको उहाँको भनाइ छ । यसका साथै खेलकुदलाई पनि प्राथामिकता दिएर खुल्ला भलिवल प्रतियोगीता पनि आयोजना गरिएको खरेलले बताउनुभयो ।


सांस्कृतिक उपसमितिका संयोजक तथा बरिष्ठ उपाध्यक्ष ज्ञानहरी सापकोटाले गुल्मी जिल्लाका कलाकारलाई प्राथमिकता दिनुका साथै स्थानीय कला र संस्कृतिको प्रस्तुती रहने बताउनुभयो । पत्रकार सम्मेलनमा मुसिकोट नगरपालिकाका नगर प्रमुख जिवन खरेलले ब्यवसायीहरुको हित र रक्षाका लागि सदैव स्थानीय सरकार साथमा रहेको बताउनुभयो । महोत्सव सम्पन्न गर्नका लागि नगरको पनि सहयोग रहने उहाँले बताउनुभयो । मुसिकोट नगरपालिका महोत्सवको संरक्षक रहेको आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्