
तिलोत्तमा,मङ्सिर २२ गते २०८१।विज्ञान शिक्षक समाज रुपन्देहीको आयोजनामा बुटवलमा एक दिने विज्ञान कार्यशाला सप्पन्न भएको छ। बुटवलको कान्ति माविमा सम्पन्न कार्यक्रममा विज्ञान तथ प्रविधि विषयमा रहेका कठिन विषय बस्तु र नतिजा सुधार्न गर्नुपर्ने कार्यको विविध विषयमा छ्लफल भएको थियो।रुपन्देहीका विद्यालय तहको विज्ञान तथा प्रविधि विषय अध्यापनरत ५० जाना शिक्षकको सहभागीता रहेको थियो।
कार्यक्रमको उदघाटन शत्र संस्थाका रुपन्देही संयोजक तथा प्रदेश उपाध्यक्ष दिपक बन्जाडेको संयाेजकत्वमा भएकाे कार्यक्रममा कान्ति माविका प्रधानाध्यापक गोबिन्द ज्ञवालीले बोल्दै प्रधानाध्यापक ज्ञवालीले यो बर्षको एसईई मा विज्ञान तथा प्रविधि विषयको नतिजा नाजुक रहेकोले आवश्यक रणनीति बनाएर शिक्षण सिकाई गर्नु पर्ने र सम्बन्धित सरकारी निकायले पनि चासो दिएर यस्तो कार्यक्रम गर्नुपर्ने धारणा राखेका थिए ।कार्यशालामा संस्थाका रुपन्देही सचिव सन्तोष यादव, शिक्षकहरु दिपक बन्जाडे,दिलिप बेल्बासे,सारदा पान्डे र हेमन्त घिमिरेले लगायत ले आ आफ्नाे भनाइ राखेका थिए ।
कमेन्ट गर्नुहोस्