लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शेयर बजार १३ अङ्कले घट्यो, कारोबार रकममा पनि कमी

IMG

तिलोत्तमा,मङ्सिर ९ गते।हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार ६ सय ६७ दशमलव ४० विन्दुमा झरेको छ ।आज लगानी र उत्पादन बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।आज सेन्चुरी कमर्सियल बैंकको डिबेन्चर २०८८ को शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ ।


समग्रमा बजार घटेको दिन थ्री स्टार हाइड्रोपावर, ङादी ग्रुप पावर र नबिल बैंकको डिबेन्चर २०८२ को शेयर भने नौ प्रतिशतभन्दा धेरैले बढेको छ।आज कारोबार रकम पनि घटेको छ । आज तीन सय २२ वटा कम्पनीका एक करोड ५२ लाख कित्ता शेयर सात अर्ब ७२ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनीको ६० करोड रुपैयाँको शेयर किनबेच भयो ।

कमेन्ट गर्नुहोस्