लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

साना किसान कृषि सहकारी करहियाको २० औँ साधारणसभा सम्पन्न

IMG

तिलोत्तमा,मङ्सिर १ गते। साना किसान कृषि सहकारी संस्था लिमिटेड, करहिया तिलोत्तमा ९ मंगलापुर रुपन्देहीको २० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्ष झुपा पाण्डे न्यौपानेले पेश गरेको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । कार्यक्रममा संस्थाका प्रवन्धक शिवा पौडेल पाण्डेले आर्थिक तथा लेखा समिति संयोजक निता अर्यालले संस्थाको लेखा प्रतिबेदन पेश गर्दै संस्थाले आर्थिक हिसावले आफुलाई थप बलियो र सबल तथा सक्षम बनाउदै लगेको बताउनुभएको छ ।


सो अवसरमा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका उपमेयर जागेश्वरदेबी चौधरीले सहकारीहरुको भिडमा साना किसान कृषि सहकारी संस्थाले सामाजिक तथा कृषि क्षेत्रमा लगानी प्रवाह गरि आफुलाई अब्बल बनाउन सफल भएको भन्दै संस्थाको प्रशंशा गर्नुभएको थियो । साधारण सभामा बोल्दै विशिष्ट अतिथि राष्टिय सहकारी महासंघ संन्चालक टिका न्यौपानेले आम महिला दिदीबहिनीहरुको जीवनस्तर उकास्ने काममा संस्था निरन्तर लागिरहनु प्रशंसनीय रहेको भन्दै साना किसान सहकारीले समुदायमा आधारित रहेर उल्लेखनीय कार्य गरेको बताउनुभयो । सो अवसरमा साना किसान विकाश लघुवित्त वित्तिय संस्था लि का सन्चालक सुखदेव न्यौपाने, नेपाल कृषि सहकारी केन्द्रिय संघका सन्चालक राम प्रसाद रेग्मी, साना किसान विकास लघुबित्त बित्तिय संस्थाका बुटवल प्रबन्धक शेर बहादुर चौधरी, तिलोत्तमा ९ का वडाअध्यक्ष ध्रुव न्यौपाने, तिलोत्तमा १० का वडा अध्यक्ष गोपाल प्र घिमिरे, तिलोत्तमा नगरपालिकाका कृषि शाखा प्रमुख दोमलाल भुसाल, लुम्बिनी विशिष्टिकृत सहकारी संघका  सचिव गोपाल पौडेल लगायतले बोल्दै संस्थाले अन्य सहकारीको बीचमा आफुलाई नमुना र अब्बल बनाउन सफल भएको भन्दै खुसी ब्यक्त गरेका थिए ।


संस्थाका उपाध्यक्ष राधिका गुरुङको स्वागत तथा प्रवन्धक शिवा पौडेल पाण्डेको सन्चालन रहेको कार्यकममा प्रत्येक शेयर सदस्यलाई १६ प्रतिशत लाभांश वितरण तथा सहकारीले यसबर्ष संस्थामा आवद्ध कारोबारी शेयर सदस्यलाई संरक्षित पुजी कोषबाट ३ प्रतिशत रकम फिर्ता गरी उदाहरणीय कार्य गरेको छ । संस्थामा हाल १ हजार ९ सय ४७ जना शेयर सदस्यहरु आवद्ध रहेका छन् । कार्यक्रममा जेष्ठ महिला सदस्य, अधिकतम बाल बचत गर्ने बालबालिकाहरु, उत्कृष्ट व्यवसायी, सहकारीमा आबद्ध भै अब्बल काम गर्ने विभिन्न समूह लगायतलाई सम्मान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्