लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाल प्रिमियर लिगको प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्सबाट हुने

IMG

तिलोत्तमा,कार्तिक ३०, २०८१। पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रत्यक्ष प्रसारण भारतीय टेलिभिजन च्यानल स्टार स्पोर्ट्सबाट हुने भएको छ ।आज काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने जानकारी दिए । एनपीएलको प्रत्यक्ष प्रसारणका लागि स्वदेशी टेलिभिजनहरू इच्छुक भए पनि क्यानले गुणस्तरका र अन्तर्राष्ट्रिय ब्रान्डिङका लागि भन्दै भारतीय च्यानल रोजेको हो ।यस्तै एनपीएलको मुख्य प्रायोजक सिद्धार्थ बैंक रहने भएको छ । नेपाल क्रिकेट सङ्घको आयोजनामा आठ वटा टोली सहभागी हुने एनपीएलको पहिलो संस्करण आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म हुँदैछ ।

कमेन्ट गर्नुहोस्