लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सृजनशिल महिला विकास बहुउद्देश्यीय सहकारीको २१ औं साधारण सभा सम्पन्न

IMG

ओमसतिया, २६ कात्तिक । सृजनशिल महिला विकास बहुउद्देश्यीय  सहकारी संस्था लिमिटेड ओमसतिया-१ रुपन्देहीको २१ औं साधारण सभा ठुटिपिपलमा सम्पन्न भएको छ । साधारण सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष नविनता पोखरेल अधिकारीले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै उनले संस्थाको पुँजी १०४८७९५६।२९ ( एक करोड चार लाख सतासी हजार नौ सय छपन्न रुपैया उन्तीस पैसा )  रहेको छ भने संस्थाको जगेडा कोष ८३०२३५।२६ ( सरसठ्ठी लाख उन्तिस हजार दुई सय त्रिसट्ठी रुपैया बयानब्बे पैसा रहेको जानकारी दिएकी हुन ।


कार्यक्रमको उदघाटन गर्दै ओमसतिया गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले  सहकारी संस्थाले ॠण सहि ठाउँमा सदस्यको मर्म अनुसार  लगानी गर्नुपर्ने कुरामा जोड दिएकी हुन । कार्यक्रममा ओमसतिया गाउँपालिका वार्ड न-१ का अध्यक्ष बेल बहादुर बराल, ओमसतिया  गाउँपालिका सहकारी शाखा प्रमुख अमृता पाण्डे, लेखा परीक्षक चन्द्रकान्त भट्टराई, संस्थाका सल्लाहकार ललिता थापा लगायतले सहकारीका प्रतिवेदनहरूले संस्थाका गतिविधिहरु सही भए पनि सदस्यहरुका शंकाहरु निवारण गर्नेगरी कार्य गर्नुपर्नेमा जोड दिए । साधारण सभाको संस्थाका सचिव लक्ष्मी पौडेलले कार्यक्रम संचालन गरेकी थिइन भने संस्थाको उपाध्यक्ष सरला ज्ञवालीले स्वागत गरेकी  थिइन ।


कमेन्ट गर्नुहोस्