लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विश्वकप लिग-२ : नेपाल र अमेरिकाको प्रतिस्पर्धा हुँदै

IMG

तिलोत्तमा सिटी, २०८१,कार्तिक १७ गते । नेपालले आइसिसी विश्वकप लिग-२ मा शनिबार राति अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। लिग-२ को अघिल्लो खेलमा स्कटल्यान्डमाथि सहज जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदानमा हुनेछ। 


नेपाल र अमेरिकाको खेल अमेरिकाको डालसस्थित ग्रान्ड पिएरे मैदानमा शनिबार राति ९ बजेर १५ मिनेटमा सुरु हुनेछ। सोही मैदानमा मङ्गलबार राति भएको खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले हराको थियो। सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको छ। नेपालले सिरिजको चौथो तथा अन्तिम खेल कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्नेछ।


लिग-२ अन्तर्गत १० खेलमा पाँच अङ्क बनाएको नेपाल सातौँ स्थानमा छ। ११ खेल खेलेको अमेरिका १४ अङ्कसहित दोस्रो स्थानमा छ।

कमेन्ट गर्नुहोस्