लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सिदार्थ राजमार्ग मर्मत हुँदै

IMG

तिलोत्तमा सिटी, २०८१,कार्तिक १२ गते । सडक डिभिजन कार्यालय पोखराले आफ्नै जनशक्तीको प्रयोग गरेर सिदार्थ राजमार्ग मर्मत गरेको छ । स्याङ्जाको फेदिखोला–१ कुभिण्डेदेखि भीरकोट–१ बयघारी सम्म मर्मत गर्ने लक्ष्य अनुरुप यहाँको ३३ किमी भित्रको सडक मर्मत गरेको हो । 


कार्यालयले सडकको ठाउँठाउँमा खाल्टा तथा भत्किएको भेटिएपछि सडक आफ्नै कार्यालयका प्राविधिक तथा लेन्थ वर्करको प्रयोग गरेर खाल्टा पुरिएको सडक डिभिजन प्रमुख नवराज वास्तोलाले बताउनुभयो । यहाँ करिब पाचँ सयभन्दा धेरै सडकमा खाल्टा र सडकको भत्केको दुई छेउ मर्मत गरेको हो । सडक डिभिजनले खरिद गरेको रोड मेन्टिनेन्स भेइकल(सडक मर्मत उपकरण) प्रयोग गरेर राजमार्ग मर्मत गरेको हो । कार्यालयले गण्डकी प्रदेशमै पहिलो पटक यो उपकरण प्रयोग गरेको र दुई हजार वर्ग मिटर सडक मर्मत गरेको हो । २० दिनको समयमा दैनिक २२ जनाका दरले सडकमा काम गरेको बताउदै बास्तोलाले काम गर्ने सबैलाई खाजाको मात्र व्यवस्था भने गरेको बताउनुभयो । 


दश लाख बराबर विटुमिन इमल्सन(अलकत्र) तथा तीन लाख बारबरको बेस र चिस्स कार्यालयले खरिद गरेर काम गरेको हो । सडक डिभिजन कार्यालय पोखराले पहिलो पटक मेसिनको प्रयोग गरेसँगै मेसिन चलाउने प्राविधिक लगायतका कालोपत्रे गर्ने जनशक्ती उत्पादन भएको बास्तोलाले बताउनुभयो ।  गण्डकी प्रदेश भित्रका सडकमा यस्ता खाल्टा खुल्टी धरै रहेको र यसरी नै पुरिने बताउदै बास्तोलाले यो प्रविधि मर्मतको लागि सस्तो र सहज भएको बताउनुभयो । सडक मर्मत गर्न ठेक्का लगाउदा समय लाग्ने र धेरै खर्च लाग्ने भएकोले यो प्रविधि सडक डिभिजनले अपनाएको हो भने यो प्रभावकारी समेत देखिएको छ । 

कमेन्ट गर्नुहोस्