लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सैनामैनामा इलेक्ट्रिक चुलो वितरण

IMG

तिलोत्तमा सिटी, २०८१,कार्तिक १२ गते । रुपन्देहीको सैनामैना नगरपालिका १० र ११ का उपभोक्तालाई अनुदानमा इलेक्ट्रिक चुलो वितरण गरिएको छ । वन तथा वातावरण संरक्षणका लागि विद्युतीय चुलो वितरणमार्फत एलपीजी ग्याँस आयात कम गरी राष्ट्रिय व्यापार घाटा कम गर्ने सरकारको लक्ष्य पूर्ति गर्ने उद्देश्यले विद्युतीय चुलो वितरण गरिएको हो । 


विद्युतीय चुलो वितरण कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरेले इलेक्ट्रिक चुलोको प्रयोगले नेपालको बिजुली नेपालमै खपत हुने र चुलो उत्पादक सिजी कम्पनी समेत नेपालकै भएकोले नेपालको पैसा बाहिर नजाने भएकोले इलेक्ट्रिक चुलो सबै हिसाबले राम्रो रहेको बताउनुभयो । एलपीजी ग्याँस प्रयोग गर्दा नेपालको पैसा बाहिर जाने अवस्था रहेकोले अव उपभोक्तालाई यही चुलो प्रयोग गर्न प्रोत्साहन गर्नुपर्ने उहाँले बताउनुभयो । 


विद्युतीय चुलोमा स्थानीय सामुदायिक वनहरूले उपभोक्तालाई प्रोत्साहन स्वरूप अनुदान दिएका छन् । पहिलो खोला सामुदायिक वनकी अध्यक्ष लक्ष्मी रानाले आफ्ना ८६ जना उपभोक्तालाई इलेक्ट्रिक चुलो वितरण गरिएको बताउनुभयो । उहाँले सामुदायिक वनले समेत उपभोक्तालाई चुलो खरिदमा एक हजार ५० अनुदान दिएको बताउँदै एसएन कम्पनीले २१ सय ५० छुट गरी कूल ७ हजार २ सय पर्ने चुलो उपभोक्ताले चार हजारमा पाएको बताउनुभयो । 


सामुदायिक बनबाट दाउरा पाउन समेत गाह्रो र दाउराबाट पकाउँदा धुवाले असर गर्ने तथा इलेक्ट्रिक चुलोबाट खाना पकाउँदा सहुलियत समेत हुने भएकोले विद्युतीय चुलो वितरण गरेको उल्लेख गर्नुभयो ।  एसएनबी बेस संस्था दाङबाट सञ्चालित विद्युतीय चुलो प्रवर्द्धन कार्यक्रमका बजार विकास अधिकृत खेमराज मरासिनीले वन तथा वातावरण संरक्षणका लागि इलेक्ट्रिक चुलो वितरण गरेर एलपीजी ग्याँस आयातमा कम गरी राष्ट्रिय व्यापार घाटा कम गर्न यो कार्यक्रमले टेवा पुर्‍याउने बताउनुभयो । उहाँले यो कार्यक्रम लुम्बिनी प्रदेशको दाङ, बाँके, कपिलवस्तु, रुपन्देही र नवलपरासी गरी पाँच जिल्लामा लागू गरेको बताउनु भयो । उहाँले यो वर्ष ५ जिल्लामा गरी ६ हजार चुलो वितरण गर्ने लक्ष्य रहेको बताउनुभयो । 


एसएनबी बेस संस्था दाङले सैनामैनाका अरू वडाहरूमा समेत सामुदायिक वनहरूको समन्वय र सहयोगमा इलेक्ट्रिक चुलो वितरण गर्ने कार्यक्रम बनाएको छ । ७ हजार पर्ने विद्युतीय चुलो उपभोक्ताले चार हजार रुपियाँमा पाएका छन् । 

कमेन्ट गर्नुहोस्