लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

काटियो ४९ उद्योगको लाइन

IMG

तिलोत्तमा सिटी, २०८१,कार्तिक ९ गते । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने ४९ उद्योगको लाइन काटेको छ । प्राधिकरणले यसअघि ९० दिनको समयसीमा दिएर महसुल बुझाउन पत्राचार गरेको थियो । जुन समय आज सकिएको छ ।


तोकिएको समयमा पनि महसुल नबुझाएपछि प्राधिकरणले महसुल नबुझाएका सबै उद्योगको लाइन काटेको हो । यसअघि आज बिहान प्राधिकरण सञ्चालक समितिको बैठक बसेको थियो । उक्त बैठकमा ऊर्जामन्त्री दीपक खड्काले लाइन काट्न नहुने धारणा राखेका थिए । तर बैठकले महसुलबारे कुनै निर्णय गर्न सकेको थिएन ।


कमेन्ट गर्नुहोस्