लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलबाट प्युठान जाँदै गरेको जीप अर्गेलीमा दुर्घटना, १४ जना घाइते

IMG

तिलोत्तमा, ९ कार्तिक २०८१। बुटवलबाट प्युठानको अर्घा जाँदै गरेको जीप झिमरुक गाउँपालिका वडा नम्बर ६ अर्गेलीमा दुर्घटना भएको छ ।  लु २ ख ६३२२ नम्बरको जीप अनियन्त्रित भई सडकदेखि २५ मिटर तल खस्दा सो दुर्घटना भएको हो ।दुर्घटनामा परी १४ जना घाईते भएका छन् ।   


घाईते हुनेहरुमा गौमुखि पाँचका सरोज केशि आठ बर्षको , ३२ वर्षीया सुनिता केसि ,४२ वर्षीया खिमा मल्ल ,   ३७ वर्षीय सन्तलाल गरुङ ,  ५५ वर्षीय रेमलाल थापा ,  ५० वर्षीय मोति पुन, झिमरुक ८ कि   ३२ वर्षीया साबित्रा बस्नेत , झिमरुक ५ का  ६०वर्षीय कुम्भ जिजि, धनकुमारी जिसि , मदानेका  ३८ वर्षीय सालिकराम कुवर , ५७ वर्षीया धनकुमारी घाइते भएका छन् ।घाइते मध्य ३ जनाको परिचय नखलेको प्रहरीले जनाएको छ ।   

कमेन्ट गर्नुहोस्