
तिलोत्तमा,२०८१ असोज १७ गते।रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १३ मोडहा स्थितमा रहेको धान खेतको बिचमा जेब्रा झोला भित्र सडे/गलेको अवस्थामा फ़्यालिएको शवको पहिचान संगै हत्या गरि फरार रहेका अभियुक्त समेत खुलेको छ। गत भदौ ३१ गते अन्दाजी २५/३० को पुरुष व्यक्तिको शव फेला परेको सम्बन्धमा उक्त शवलाई पोष्टमार्टमको लागी लुम्बिनी प्रादेशिक अस्पतालमा लगी शव पहिचानको लागी स्थानिय टेलिभिजन, अनलाईन, पत्र पत्रिका, सामाजिक सञ्जाल मार्फत हुलिया संप्रेषण गरिएकोमा भारत दिल्ली बस्ने मृतकको दाई हैदर अली खान लुम्बिनी प्रादेशिक अस्पतालमा गई उक्त शव आफ्नो भाई ३० बर्षीय अज्जु भन्ने मोहम्मद अजहरी खान रहेको खुलेको छ।
सो घटनाको अनुसन्धान गर्ने क्रममा स्याङ्जा जिल्ला गल्याङ नगरपालिका घरभई हाल रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं.१६ मधवलिया बस्ने २४ बर्षीय आशिष भण्डारीले धारिलो हतियार प्रहार गरेर हत्या गरेको खुल्न गएको हो। घटना पछि जेब्रा झोलामा पोका पारी घटनालाई लुकाउन, छिपाउन धान खेतमा लगी फालेको भन्ने खुल्न आए पश्चात भण्डारीलाइ मधवलिया स्थित आफ्नै घरबाट पक्राउ गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
कमेन्ट गर्नुहोस्