लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दीपेन्द्रसिंह ऐरी टी–२० विश्व वरीयताको अलराउन्डरतर्फ दोस्रो स्थानमा

IMG

तिलोत्तमा,२०८१ असोज १६ गते।नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको अलराउन्डरतर्फ दोस्रो स्थानमा उक्लिएका छन् ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा दीपेन्द्र ४ स्थान सुधार गर्दै दोस्रो स्थानमा आइपुगेका छन् । दीपेन्द्र करियरकै उत्कृष्ट वरीयतामा पुगेका हुन्, यसअघि उनी छैटौं स्थानमा थिए ।यस्तै टी–२० अलराउन्डर वरीयतामा गुल्सन झा ११ स्थान सुधार गर्दै ५६ औं, कुशल भुर्तेल ६ स्थान सुधार गर्दै ६० औं स्थानमा आइपुगेका छन् । यो वरीयतामा इङ्गल्यान्डका लायम लिभिङ्गस्टोन शीर्ष स्थानमा यथावत् छन् ।

कमेन्ट गर्नुहोस्