लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

काठमाडौँबाट बाहिरिन थाले गाडी,वानवे का कारण जाम हुने सम्भावना

IMG

तिलोत्तमा,२०८१ असोज १४ गते। नागढुङ्गा हुँदै काठमाण्डौबाट गाडी बाहिरिन थालेका छन् । यसअघि गाडीलाई काठमाण्डौ भित्रिन मात्रै अनुमति दिएकोमा आज दिउँसो पौने ४ बजेदेखि गाडीलाई बाहिरिन पनि दिइएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उज्यालोलाई जानकारी दिएको छ ।झ्याप्ले खोलाको पहिरो पन्छाएर गएरातिदेखि नै एकतर्फी गाडी चलिरहेका थिए । काठमाण्डौ आउनका लागि चार दिनदेखि पालो कुरेका झन्डै १८ सय वटा गाडीलाई काठमाण्डौ भित्रिन दिएपछि बल्ल अहिले काठमाण्डौबाट बाहिरिने गाडीका लागि सडक खुलाइएको प्रहरीले जनाएको छ ।


तर नागढुङ्गा–नौबिसे हुँदै मुग्लिनसम्म नै विभिन्न ठाउँमा ठूला पहिरो झरेकाले ठाउँठाउँमा सडक एकतर्फी मात्रै खुलेको छ । काठमाण्डौबाट एकैपटक धेरै गाडी छुटेमा एकतर्फी सडक भएका ठाउँमा ठूलो जाम पर्न सक्ने जोखिम छ ।अझै पनि अत्यावश्यक कामबाहेक यात्रा नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्