लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको सडक सचेतनामा तिब्रता

IMG

तिलोत्तमा,२०८१ असोज ११ गते। अहिले चाडबाडको समय नजिकिए संगै सडक दुर्घटना समेत बढ्ने खतरा हुन्छ।यसै सम्भावनालाई मध्येनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले आफ्नो जनसचेतना कार्यक्रमलाई तिब्रता दिएको छ। कार्यालयमा प्रहरी निरीक्षक रन्जु केसीको आगमनसंगै ट्राफिक प्रहरी थप सक्रिय भै सडक सुरक्षा तथा दुर्घटना न्युनिकरणका लागि अघि बढेको जानकारी आएको छ।


स्थानिय तह, क्लब संघ-संस्था उद्योग बाणिज्य संघ लगायत विभिन्न संघ-संस्थासंग समन्वय गरि ट्राफिक नियमसंग सम्बन्धित ट्राफिक सचेतना कार्यक्रमलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको सक्रियता देखिएको हो। ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कानुन अनुसार कडा कारबाही र आम जनताको मन जितेर सहजता पुर्बक काम गर्ने र सरल ब्यबहारमा प्राथमिकता दिईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका कार्यालय प्रमुख, प्रहरी निरीक्षक रन्जु केसीको भनाई छ। 


रुपन्देहीमा आएपछि केसीले गाउँ गाउँमा ट्राफिक सचेतना फैलाउने र दुत्र्घतना न्यूनीकरण गर्दै जनतामाझ सक्रिय रुपमा कार्य गर्ने समेत बताउनुभयो। हाल स्थानिय तह, क्लब संघ संस्था, टोल टोलमा गएर ट्राफिक चेतना, सडक सुशासन, लेनको प्रयोग, ट्राफिक लाइट, बाटो शिक्षा, सवारी साधनबारे शिक्षा तथा ट्राफिक नियम उल्लङ्घनमा पाइने कानुनि सचेतना बारे समेत प्रशिक्षण दिदै सो कार्यलाई तिब्रता दिईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका कार्यालय प्रमुख, प्रहरी निरीक्षक रन्जु केसीको भनाई छ।

  

कमेन्ट गर्नुहोस्