
तिलोत्तमा,२०८१ असोज ५ गते।लुम्बिनी विशिष्टीकृत सहकारी संघ लिमिटेडले तिलोत्तमा–६, पश्चिम पहुनीमा स्थापना गरेको डेरी उद्योगले परीक्षण उत्पादन सफलतापूर्वक सम्पन्न गरेको छ। लुम्बिनी प्रदेशका १४१ सहकारी संस्थाका ३ लाख ५० हजार भन्दा बढि शेयर सदस्यहरुको लगानीमा स्थापित सो संस्थामा दुध उत्पादन पछिका सबै प्रक्रिया र त्यसबाट उत्पादन हुने सबै चिज उत्पादन गरि बिक्रि बितरण गर्ने योजना बुनिएको संघका कार्यबाहक अध्यक्ष ज्ञानु पौडेल ले जानकारी दिनुभयो। दुग्ध उत्पादक किसानहरुलाई अब एकै ठाउँमा दुध बिक्रि गर्ने र त्यहाको उत्पादनलाई बिक्रि वितरण गर्न सहजता हुने भएपछी पशुपालक किसानलाइ समेत सहज हुने कार्य बाहक अध्यक्ष पौडेलले बताउनुभयो।
परिक्षणमा सहभागी हुँदै रुपन्देही क्षेत्र नम्बर ५ का साम्सद तथा तिलोत्तमा नगरपालिकाका प्रथम नगर प्रमुख बासुदेव घिमिरेले तिलोत्तमा लगानी सम्मेलनमा सम्झौता गरिएका मध्ये एक ठूलो परियोजनाले सार्थकता पाएको विषयले खुशी तुल्याएको बताउनुभएको छ । स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्ने र किसानलाई प्रोत्साहन गर्ने यस प्रकारका परियोजनाको विकास र विस्तारमा तीनै तहका सरकारले यथेष्ट सहयोग पुर्याउनुपर्ने बताउदै साम्सद घिमिरेले यस अभियानमा सहयोग, सहकार्य, समन्वय गर्नुहुने सम्पूर्णप्रति हार्दिक आभार व्य्यक्त गर्नुभएको थियो।
लुम्बिनी प्रदेशका १४१ सहकारीको संयुक्त लगानी रहेको संघको कार्यसम्पादनले सहकारी संस्थाहरुको शेयर लगानीमा यो परियोजना कार्यान्वयनमा आएको हो । स्वचालित प्रविधि जडित यो डेरी उद्योगले अब छिट्टै आवश्यक कानूनी प्रावधानहरू पूरा गरि उत्पादनहरु बजारमा ल्याउने कार्यबाहक अध्यक्ष ज्ञानु पौडेलले जानकारी दिनुभएको छ । दुध,दही,घ्यु,मोही, पनिर्, खुवा, आइस क्रिम, लागयतका दुध र दुध बाट बनेका सबै किसिमका उत्पादनहरु छिट्टै उतपादन गरि बजारीकरण गरिने पौडेलको भनाई छ।
सो अवसरमा बोल्दै लुम्बिनी विशिष्टीकृत सहकारी संघ लिमिटेडकि फ्याक्ट्री इन्चार्ज समेत रहनुभएको मिना चिदिले सबै किसिमका प्रबिधि जडान गरि संचालनका लागि तयार रहेको ले उत्पादित बस्तु समेत पर्क्षण गरिएको छ। अबको केहि दिन पछि हामी पुर्ण संचालनमा ल्याउने छौ। चिदीले तातो चिसो र हरेक मौसममा जनस्तरको स्वास्थ्यलाई ख्याल गर्दै यहाँका उत्पादन हरु निरन्तर हुने समेत बताउनुभयो। ५ बिगाहा क्षेत्रफ़लमा निर्माण भएको संरचनामार्फत सो सेवा ग्राहक तथा किसानहरुका लागि पस्किन लागेको उहाँको भनाई छ। हालसम्म १४ करोडको योजना करीव करिव अन्त्यतिर आएकोले अब उत्पादन र बजारीकरणका काम मात्र बाँकी रहेको कार्यबाहक अधय्क्ष पौडेलको भनाई छ।यस क्षेत्रकै गरिमा बोकेको जनउत्थान सहकारीका अध्यक्ष समेत रहेकी पौडेलले संघका अध्यक्ष डा खगराज शर्माको अनुपस्थितिमा संस्था नेतृत्व गर्दै आउनुभएको छ।
परिक्षणमा माननीय साम्सद बासुदेव घिमिरे, यस क्षेत्रका बुद्दिजीवीहरु, जिल्ला सहकारी संघका अध्यक्ष भिम तुलाचन, नेफस्कुनका कृष्ण प्रसाद नेपाल, सल्लाहकार तथा बिज्ञ तुलसी राम भण्डारी,मिन प्रसाद पोख्रेल, सुरेन्द्र बर्मा,जनउत्थान साकोसकि सचिव सरु राना, गिरि प्रसाद पुन, रन बहादुर राना विभिन्न सहकारीका अध्यक्ष तथा सल्लाहकारहरु , लगायतका स्थानिय सरोकारवालाहरुको समूहबाट यसको अबलोकन तथा निरिक्षण भएको थियो।
कमेन्ट गर्नुहोस्