
तिलोत्तमा,२०८१ असोज २ गते। नेपाल मगर महिला संघ, तिलोत्तमा, रुपन्देहीले २७औँ स्थापना दिवस भव्यताका साथ मनाईएको छ । नेपाल मगर महिला संघले हरेक वर्ष असोज-१ मा विभिन्न कार्यक्रमहरु गर्दै स्थापना दिवस मनाउँदै आएता पनि यस बर्ष संविधान पुनर्लेखनको औचित्य र आवश्यकता बिषयकमा अन्तरकृया तथा प्रशिक्षण कार्यक्रम गरी फरक शैलिमा मनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर युवा संघका केन्द्रीय महासचिव राम अस्लामी मगर (रोशन)ले संविधान जारी भएको एकदशक बितिसक्दा पनि आदीबासी जनजातीहरुको अधिकार सुनिश्चितता हुन नसकेको बताउनु भयो । नेपालमा अझै पनि सामन्तवादको अबसेश रहेको हुँदा मगर समुदायमाथि भाषिक, सांस्कृतिक, धार्मिक र राजनीतिक बिभेद यथावत नै छ । तसर्थ संविधान-०७२ जुनासुकै हालतमा भए पनि पुनर्लेखन गर्नु पर्ने बताउनुभयो । उहाले संविधानमा प्रथम सहिद क्या लखन थापामगर भनेर घोषणा गरेता राज्यले ओझेल पार्दै आएको र यसको प्रमुख भूमिका प्रधानमन्त्री केपी ओलिले गरेको आरोप लगाए । देशकै प्रथम सहिदलाई सम्मान गर्न नस्क्ने देशका कार्यकारी प्रमुख छन, सोच्नुहोस् देशको जनताको हालत कस्तो होला भन्दै प्रश्न गरे। बिभेदकारी संविधान बिरुद्ध मगर समुदाय लगायत उत्पीडित जातिसमुदायले गुमाएको आफ्नो अधिकार सुनिश्चित गर्नका निम्ती एक ढिक्का भएर अघी बढ्न् आह्वान गर्नु भयो ।
स्थापना दिवसको सन्दर्भमा, संविधान दिवसको पुर्व सन्ध्यामा सामाजिक तथा बौद्धिक ब्यक्तित्व युवा नेता डिबी थापामगरले संविधान पुनर्लेखन र औचित्य र आवश्यकता बिषयकमा प्रशिक्षण दिएका थिए । संविधान-२०७२ उत्पीडित जाती समुदाय खास गरी आदिबासीहरुको पक्षमा नरहेको बताए । जनसंख्याको हिसाबले पनि देशकै तेस्रो स्थानमा पर्ने मगर समुदाय, जनजाती र उत्पिडित बर्गको पक्षमा यो संबिधान निर्माण हुन नसकेको तथ्यांकनै प्रस्तुत गरेका थिए । बर्तमान सत्ता गठबन्धनको सरकारले प्राप्त उपलब्धीनै खारेज गर्ने सड्यन्त्र खेलेको थापाले आरोप पनि लगाए ।
त्यसैगरी कार्यक्रममा बिशिष्ठ अतिथि नेपाल मगर संघ, रुपन्देहीका जिल्ला सदस्य रुद्र चिदी, आदीबासी जनजाती महासंघ, तिलोत्तमाका अध्यक्ष गंगा छन्त्याल अतिथी नेपाल मगर संघ, तिलोत्तमाका उपाध्यक्ष कृष्ण सारु,तिलोत्तमा-८ र ४ का वडा अध्यक्ष प्रेम बिरकट्टा र देबी पचभैयाले शुभकामना मन्तब्य राख्नु भएको थियो ।नेपाल मगर महिला संघ, तिलोत्तमा कार्य समितिको आयोजनामा रहेको कार्यक्रमा स्वागत मन्तब्य स-सचिव नानुमाया रानामगरले गरेका थिए । साथै राधिका श्रीस मगरको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिव मनमाया थापामगरले गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्