लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्व. हेमबहादुर पुनमगर राष्ट्रबादी योद्धा हुन : महासचीव अस्लामी

IMG

बुटवल । नेपाल मगर संघका संस्थापक अध्यक्ष तथा प्रजातन्त्र सेनानी हेमबहादुर पुनमगरको २०औं स्मृति दिवसको सन्दर्भमा नेपाल मगर बिद्यार्थी संघ, रुपन्देहीले एक कार्यक्रम आयोजना गरी मगरांत सभ्यता र पहिचानबारे बहस छलफल र अन्तरकृया गरेकोछ ।कार्यक्रममा नेपाल मगर युवा संघका महासचिव राम अस्लामी मगरले स्व. हेमबहादुर पुनमगर राष्ट्रबादी नेता भएको औल्याएका थिए । प्रजातन्त्रको आन्दोलन चर्किरहेको बेला देश र जनताका खातिर उनी बेलायतबाट नेपाल आएका थिए । मुलुक र जनता प्रती सदै बफादार र कर्तब्यनिस्ठ रहेर काम गर्दा पनि बढुवा नदिनुले मगर समुदाय माथि थिचोमिचो हिजो पनि थियो आज पनि उत्तिकै रहेको महासचीब अस्लामीले बताए। यस्तो वीरता र गर्व गर्न लायक इतिहास बनाएका हेमबहादुर पुनमगर आदिबासी जनजाति नेतृत्वले उनको संघर्स र योगदानलाई कहिल्यै भुल्नु हुँदैन 

 

कार्यक्रममा बिशेष बक्त्ता डिबी थापाले गहकिलो ईतिहास बोकेका मगर समुदायलाई संस्थागत रुपमा एक ढिक्का गरी अघी बढ्ने दुर्गामी सोच भएका ब्यक्तित्व स्व हेमबहादुर पुनमगरको राज्यस्थरबाट नै स्‍मृति दिवस मनाउनु पर्ने बताए । हेमबहादुर पुन २००७ सालमा राणा शासन हटाएर प्रजातन्त्र ल्याउन युद्ध लडेका योद्धा हुन् । ०७ सालको क्रान्तिमा लाग्नु भन्दा अघि हेमबहादुर बेलायती सेनामा पनि काम गरेका थिए । बेलायती सेनाको जागीर छोडेर मुक्तिसेनामा भर्ती भएर राणा शासनविरुद्ध कमाण्डर बनेर लडेको इतिहास रहेको थापाले जानकारी गराएका थिए ।सोही स्‍मृति दिवसको सन्दर्भमा मगरांत सभ्यता र पहिचानका लागि संघर्स र योगदान दिएका फादर अफ हङकङ, प्रेरणाका स्रोत अग्र्ज ब्यक्तित्व प्रेम गलामी मगर र मगरांत पहिचानको आन्दोलनमा अहोरात्र खट्नुहुने जुझारु महिला नेत् कुशल कार्यक्रम संचालिका तथा साहित्यकार राधिका श्रीस मगरलाई शिरमा फेटा गुठेर सम्मान गरेका थिए । 


छोटो समयमा आयोजना गरिएको २०औ स्‍मृति दिवसमा नेपाल मगर संघ, सिद्धार्थनगर सचिव रुपेश पुलामी मगर, नेपाल मगर महिला संघ बुनपाका अध्यक्ष सरिता श्रीस मगर, आदिबासी जनजाती महासंघ रुपन्देहीका उपाध्यक्ष ईन्द्र राई, पहिचानबादी कुशल महिला बक्ता सुशी पुलामिमगर, मगर बौद्ध समाजका नारायण गाहा, महिला नेतृ राधिका श्रीस राजनीतिक अध्यता हरी घर्तिमगर, युवा ब्यबसायी जुना सारु लगायतका बत्ताहरुले स्व हेमबहादुर पुनको उच्च सम्मानका साथ चर्चा गरेका थिए।संघका सचिव राजेश सिंजालीमगरले संचालन गरेको कार्यक्रममा स-सचिव टेक राना मगरले स्वागत गरेका थिए भने समापन अध्यक्ष रमेश सारुलेगरेका थिए ।



कमेन्ट गर्नुहोस्