लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्वास्थ्य प्राबिधिकहरुलाई मुटुरोग नसा तथा स्नायु र सर्जरी सम्बन्धि अभिमुखीकरण

IMG

तिलोत्तमा, २०८१ भद्र २५ गते।नेपाल स्वास्थ्य प्राबिधिक संघ रुपन्देहीको आयोजना तथा सिद्दार्थ सिटी अस्पताल भैरहवाको प्राबिधिक सहयोगमा पारामेटिक्स तथा नर्सिङ्ग स्वास्थ्य कर्मी हरुका लागि मुटु रोग नसा तथा स्नायु र सर्जरी सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।नेपाल स्वास्थ्य प्राबिधिक संघ रुपन्देहीका अध्यक्ष इश्वरी पौडेलको अध्यक्षता तथा नेपाल स्वास्थ्य प्राबिधिक संघका केन्द्रिय सचिव राधा आचार्यको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा स्वास्थ्यकर्मी हरुलाई  मुटु रोग नसा तथा स्नायु र सर्जरी सम्बन्धि परामर्शका लागि अभिमुखीकरण, बिशेष तालिम, अन्तरक्रिया र समस्याहरुको समाधान समेत गरिएको थियो। 


नेपाल स्वास्थ्य प्राबिधिक संघ रुपन्देही पेशागत स्वतन्त्र स्वास्थ्य प्राबिधिक संगठन भएकाले सरकारी तथा निजि संस्थामा कार्यरत स्वास्थ्यकर्मिका लागि हकहित र अधिकार सुनुश्चित गर्न अघि बढिरहेको नेपाल स्वास्थ्य प्राबिधिक संघ रुपन्देहीका अध्यक्ष पौडेलले बताउनुभयो। उहाँले स्वास्थ्यकर्मीहरुको व्यवसायिक दक्षता बढाउदै त्यसको लागि अवाज उठाउदै आइरहेको बताउदै समय सान्दर्भिक चिकित्सा विज्ञानमा हुने परिबर्तनका बिषयमा समेत चनाखो भई सुसुचित गराउने उदेश्यले अभिमुखीकरण कार्यक्रम गरिएको बताउनुभयो। 


कार्यक्रममा बिशिष्ठ अतिथि नेपाल स्वास्थ्य प्राबिधिक संघ केन्द्रिय सचिव अमृत भुसाल,सिद्दार्थ सिटी अस्पताल भैरहवाका प्रबन्ध निर्देशक अर्जुन पौडेल,नेपाल स्वास्थ्य प्राबिधिक संघ पुर्व केन्द्रिय महासचिव भास्कर आत्रेय लगायतले बोल्दै स्वाथ्य प्राबिधिकहरुको ज्ञान सिप मेहनत र लगावले स्वास्थ्य क्षेत्रको सेवामा थप सहज भएको बताएका थिए। कार्यक्रममा बरिष्ठ मुटु रोग विशेषज्ञ डा.सुधिर शर्मा,न्युरो सर्जन डा.सन्नी थापा, जनरल सर्जन डा.हरि शर्मा लगायतले प्राबिधिकहरुलाई अभिमुखीकरण गर्नुभएको थियो। 


कमेन्ट गर्नुहोस्