लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जिल्ला सहकारी संघको वित्तीय साक्षरता तालिम तथा तीज मिलन कार्यक्रम सम्पन्न

IMG

तिलोत्तमा,२०८१,भाद्र १७। जिल्ला सहकारी संघ लिमिटेड, रुपन्देहीको आयोजनामा आज भएको वित्तीय साक्षरता तालिम तथा तीज मिलन कार्यक्रम आइतबार बुटवलमा सम्पन्न भएको छ।जिल्ला सहकारी संघ रुपन्देहीका संचालक तथा महिला उपसमितिका संयोजक मिना कार्कीको अध्यक्षता एवम् नेफ्स्कुन संचालक सदस्य ज्ञानु पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले तीज पर्वलाई मर्यादित बनाउन दिदीबहिनीहरुले मौलिकतामा ध्यान दिनुपर्ने बताउनुभएको थियो।


कार्यक्रममा बिशिष्ठ अतिथी जिल्ला सहकारी संघ उपाध्यक्ष   टिका न्यौपानेले तीज मौलिक पर्व भएकाले यसलाई महिलाको दु:ख कस्टबेदनाको गीत गाएर मनाउने गर्दथ्यौ तर समय सापेक्ष आत्मनिर्भरतालाई जोड्दै उद्यमसंग जोडिन सबैलाई आग्रह गर्नुभयो। सो अवसरमा लेखा सदस्य सीता न्यौपाने,शिक्षा उपसमिति सदस्य नगेन्द्र पाण्डे, व्यवस्थापक लक्ष्मी ज्ञवाली घिमिरे लगायतका वक्ताहरुले तीजको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


सो अवसरमा उपस्थिति महिला दिदीबहिनीहरूलाई सामुहिक दर समेत खुवाइएको थियो भने तीजका गीतमा नाच्दै महिला दिदीबहिनीहरू रमाएका थिए । संघका कोषाध्यक्ष सुवकान्त न्यौपानेले उपस्थित सहभागीहरुलाई सहजकर्ताको भूमिका निभाउदै  वित्तीय साक्षरता तालिम दिनुभएको थियो। संचालक सदस्य रेश्मा सिं ठकुरीको स्वागतमा शुरु भएको कार्यक्रमको संचालन शिक्षा उपसमिति सदस्य सरु रानाले गर्नुभएको थियो। 


कमेन्ट गर्नुहोस्