लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सहकारी अभियानप्रति सकारात्मक छौं : गर्भनर

IMG

तिलोत्तमा,२०८१,भाद्र १७। नेपाल राष्ट्र बैंकमा गर्भनर महाप्रसाद अधिकारीले आफू सहकारी अभियानप्रति सकारात्मक रहेको बताउनुभएको छ । उहाँले राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्लको नेतृत्वको टोलीसँगको भेटमा सबै सहकारी समस्यामा नरहेको बताउँदै अभियानलाई मजबुद बनाउनका लागि नेपाल राष्ट्र बैंक सकारात्मक रहेको बताउनुभएको हो । सो भेटमा महासंघका पुर्व अध्यक्ष तथा पूर्वमन्त्री केशव बडाल, महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेल, महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा हुनुहुहुन्थ्यो । महासंघका अध्यक्ष ओमदेवी मल्लले बचत तथा ऋणको कारोबार गर्ने सहकारीको नियमनका लागि दोस्रो तहको नियामकिय निकाय, कर्जा सूचना केन्द्र र सहकारीले गर्ने लघुवित्तको विषयमा गर्भनरसँग छलफल भएको बताउनुभयो । गर्भनरले दोस्रो तहको नियामकिय निकायका लागि राज्यले लगानी गर्न जरुरी रहेको बताउनुभयो ।


गर्भनर अधिकारीले त्यस्तो नियामकियले निकाय फाइनान्सिङ समेत गरेर सहयोग गर्ने, संस्था विग्रन लाग्दा व्यवस्थापन समेत जिम्मेवारी लिएर बचकर्ताको बचतको सुरक्षण गर्ने गरी आउनुपर्ने बताउनुभयो । महासंघका अध्यक्ष मल्लले विद्यमान कर्जा सूचना केन्द्रमा नै सहकारीलाई समेत समेट्नका लागि अनुरोध गर्नुभएको थियो । सो विषयमा गर्भनरले सकारात्मक संकेत दिनुभएको बताइएको छ । गर्भनरले  नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त वित्तीय संस्थाबाहेक लघुवित्त कार्यक्रमका नामबाट अन्य कुनै पनि संस्थाले लघुवित्त सम्बन्धी कारोबार गर्न नपाइने व्यवस्था गर्न सिफारिस भएको विषयमा  समेत स्पष्ट गार्नुभयो । सहकारीको हकमा यो लागु नहुने बताउँदै गर्भनरले सहकारीको प्रकृति नै सदस्यलार्य समूह बनाएर लघुवित्तको कार्यक्रम गर्ने भएकाले सहकारीलाई लघुवित्त गर्न अवरोध नहुने बताउनुभएको महासंघका अध्यक्ष मल्लले बताउनुभयो ।




कमेन्ट गर्नुहोस्