लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जनउत्थान सहकारीलाई अझ बृहत बनाउन चरणबद्ध अन्तरक्रिया कार्यक्रम

IMG

तिलोत्तमा, भदौ १० गते २०८१।देशकै नमुना र उत्कृस्ट सहकारीको पगरी गुथेको जनउत्थान साकोस तिलोत्तमा-१५ कोटिहवाको आयोजनामा चरण बद्ध अन्तरक्रिया कार्यक्रम शुरु भएको छ । साकोसले १९ औ बार्षिक साधारण सभाको पुर्व सन्ध्यामा सेवा केन्द्र स्तरिय बिशेष सदस्यहरुसंग आज अन्तरक्रिया सम्पन्न गरेको हो। सहकारी क्षेत्रमा पछिल्लो समय समस्याहरु बढदै गएका बखत पनि जनउत्थान साकोसले आफ्नो पहिचान र सदस्यहरुको बिश्वास अझ बढाउन सकेको अवस्थालाई सदस्यहरुमाझ बिस्तार गर्दै समस्या पहिचान गरी समाधान गर्ने उदेश्यले सो कार्यक्रम गर्न लागिएको जनउत्थान साकोसका व्यवस्थापक रन बहादुर थापाले बताउनुभएको छ।जनउत्थानलाई सल्लाह सुझाव दिने, सदस्य विस्तारमा सहयोग गर्ने, समाजसेवी, जनप्रतिनीधि, शिक्षक, कर्मचारी जस्ता विशिष्ठ शेयर सदस्यरुसंग संस्थाको प्रगतिको बारेमा अन्तरक्रिया कार्यक्रम मणिग्राम सेवा केन्द्रमा सम्पन्न भएको हो।


विशेषत: यस क्षेत्रका जनप्रतिनिधी, बुद्धिजीवी, सरोकारवाला एबम सहकारीकर्मीहरुसँग ‘सहकारी क्षेत्रको बिस्तार, पहिचान र वर्तमान समयमा देखिएका समस्या र निराकरण’ विषय अन्तरक्रिया भएको कार्यबाहक अध्यक्ष गिरी प्रसाद पुनको भनाई छ। यस्तो कार्यक्रमले सहभागीहरुको बिचमा अन्तरक्रिया गरी सहकारीलाई अझै बृहत रुपमा जनतामाझ कसरी पुर्याउने भन्ने बिषयमा जनउत्थान साकोस अघि बढ्न सहज हुने सचिव सरु रानाले बताउनुभयो।आगामी दिनमा अन्य निकाय तथा सरोकारवालासंग पनि क्रमबद्ध रुपमा अन्तरक्रिया गरिने उहाँको भनाई छ। अन्तरक्रिया कार्यक्रममा करिव ४० जनाको सहभागिता रहेको थियो। 


कमेन्ट गर्नुहोस्