लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तनहुँ बस दुर्घटना अपडेट : २७ जनाको मृत्यु

IMG

तिलोत्तमा, भदौ ७ गते २०८१।तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ ।  सशस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र थापाका अनुसार दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । यता आँबुखैरेनी अस्पतालका प्रमुख डा. डिबी क्षेत्रीले दुर्घटनाका घाइतेमध्ये २४ जनाको मृत्यु भएको पुष्टि गर्नुभयो। प्रवक्ता थापाका अनुसार बसमा ४१ यात्रु, चालक र सहचालक दुई गरेर ४३ सवार थिए ।


दुर्घटनाका गम्भीर घाइते १६ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ । घाइतेमध्ये ११ जनाको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। सनाखत भएका शव नेपालस्थित भारतीय दूतावासले बुझिसकेको प्रहरीले जनाएको छ । बस शुक्रबार बिहान ११ः३० बजेतिर बाटोबाट करिब डेढ सय मिटर तल मस्यांदी नदीमा खसेको हो ।

कमेन्ट गर्नुहोस्