लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले प्राप्त गरे विश्वासको मत, ११ जना विपक्षमा

IMG

तिलोत्तमा, भदौ ४ गते २०८१। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मँगलबार विश्वासको मत प्राप्त गरेका छन् । उनले प्रदेशसभा बैठकमा विश्वासको मत मागेकामा ७० मत प्राप्त गरेका हुन् । लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २५ औं बैठकमा सहभागी सदस्यहरु मध्ये ७० जनाले पक्षमा मतदान गरेका थिए भने ११ जनाले विपक्षमा मतदान गरेको सभामुख तुलाराम घर्तीले जानकारी गराए । आचार्य गत साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । लुम्बिनीको प्रदेश सभामा ८७ जना सदस्य रहेका छन् ।तर सभामा ६ जना उपस्थित थिएनन। 

कमेन्ट गर्नुहोस्