लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्कुलबसको ठक्करबाट रंगेलीमा साइकलसवार एकजनाको मृत्यु

tillotmacitynews - 2024 Aug 04 01:43 PM
IMG

तिलोत्तमा,साउन २० गते २०८१।स्कुलबसले ठक्कर दिँदा मोरङको रंगेलीमा साइकलमा सवार एक व्यक्तिको मृत्यु भएको छ।विद्यार्थी लिन विराटनगरबाट पूर्वतर्फ जाँदै गरेको अरनिको आवाशीय माविको को १ क १७०० नम्बरको बसले ठक्कर दिँदा आइतबार विहान पौने १० बजेतिर रंगेली नगरपालिका– २ स्थित चेका पुलमा साइकलमा सवार धनपालथान गाउँपालिका– ३ मायागन्जका ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको हो।बससहित बसका चालक झापा कन्काई नगरपालिका– १ का ५७ वर्षीय ईन्द्रप्रसाद मिश्रलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको मोरङ प्रहरी प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।

कमेन्ट गर्नुहोस्