लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

त्रिशूली बस खोजतलास : भारतीय टोली माखो नमारी फर्कियो

IMG

तिलोत्तमा, साउन १३ गते २०८१। मुग्लिन–नारायणगढ सडकअन्तर्गत सिमलतालमा पहिरोमा परेर त्रिशूली नदीमा हराएका दुई वटा बस र यात्रु खोज्न आएको भारतीय टोली केहि फेला नपारी आज स्वदेश फर्किएको छ ।


खोजीका लागि यही साउन ४ गते नेपाल आएको १२ जनाको भारतीय टोलीले कुनै वस्तु पनि पत्ता लगाउन नसकेपछि आज फर्किएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालले जानकारी दिनुभयो । भारतीय टोली फर्किए पनि नेपाली टोलीले खोजी जारी नै राखेको उहाँले बताउनुभयो ।असार २८ गते बिहान भएको घटनामा दुई वटा बससँगै ६२ जना यात्रु त्रिशूलीमा हराएका थिए ।


असार २८ गतेदेखि नै खोजी भएकोमा अहिलेसम्म बसमा रहेका यात्रुमध्ये १९ जनाको मात्रै शव भेटिएको छ । खोजी गर्ने क्रममा २५ वटा शव भेटिएकोमा एक जना अर्कै घटनाका भएको पुष्टि भएको र पाँच जनाको शव पहिचान भइनसकेको प्रहरीले जनाएको छ ।खोजीमा सोनार क्यामेरा, चुम्बक र अन्य उपकरण प्रयोग गरिएको थियो । हिजो ४० किलोको चुम्बक पानीमा खसालेर खोजी भइरहेकोमा १९ किलोको चुम्बक नै हराएको छ ।

कमेन्ट गर्नुहोस्